Headline

नेपालमा हुने विश्वकप लिग टु का लागि अमेरिकी टोली सार्वजनिक

Published

on

यहि माघ २२ गतेबाट नेपालमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि अमेरिकाले आफ्नो टोली सार्वजनिक गरेको ।

अमेरिकन क्रिकेट बोर्डले आफ्नो टोली आज सार्वजनिक गरेको हो । बोर्डले युएईमा सम्पन्न शृंखलाको टोलीलाई नै निरन्तरता दिएको छ । स्कटल्यान्ड र युएई सम्मिलित शृंखलामा खेलेका चार मध्य अमेरिकाले तीन खेलमा जीत निकाल्दै अंक पहिलो स्थानमा उक्लिन सफल भएको थियो ।

त्यस्तै अमेरिकाको टोलीले नेपाल आउनु अघि भारतको भ्रमण गर्नेछ । माघ १० गते मुम्बई आइपुग्ने टोलीले भारत भ्रमणमा तीनवटा ५० ओभरको अभ्यास खेल पनि खेल्ने छ ।

विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग टु को अंक तालिकामा अमेरिका पहिलो स्थानमा रहेको छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत तथा दुईमा हारको सामना गर्दै १२ अंकका साथ पहिलो स्थानमा रहेको छ । आठ खेल नै खेलेको स्कटल्यान्ड चार जीत, तीन हार र एक बराबरीका साथ नौं अंक सहित दोश्रो स्थानमा रहेको छ ।

अमेरिकाको टोली

सौरभ नेट्रावाल्कर (कप्तान)

स्टेभेन टेलर

करिमा गोरे

इयान होल्यान्ड

अक्षय होमराज

एल्मोरे हट्चिनसन

आरोन जोन्स

नोस्थुश केन्जिगे

जेभिएर मार्शल

मोनांक पटेल

तिमिल पटेल

निसराग पटेल

क्यामरोन स्टेभेन्सन

रस्टी थेरन

Click to comment

Trending