Headline

यु१९ विश्वकप : इंग्ल्यान्ड माथि वेस्ट इण्डिजको फराकिलो जीत

Published

on

न्यीम योङ्गको अलराउण्ड प्रदर्शनमा दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकप अन्तर्गत इंग्ल्यान्ड बिरुद्दको खेलमा वेस्ट इण्डिजले डकवर्थ लुइस नियममा ७१ रनको फराकिलो जीत दर्ता गराएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको वेस्ट इण्डिजले पुरै ५० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २६७ रन बनायो । बर्षाले खेल प्रभावित भए पछि ४३.४ ओभरमा २५६ रनको लक्ष्य पाएको इंग्ल्यान्डले पुरै ४३.४ ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १८४ रन बनाउन सक्यो ।
वेस्ट इण्डिजको जीतमा खेलको म्यान अफ द म्याच घोषित न्यीम योङ्गले सर्वाधिक पाँच विकेट लिए भने अश्माद नेड्ले पनि दुई विकेट हात पारे । योङ्गले नौं ओभरमा ४५ रन खर्चिए भने किफायती बलिङ गरेका नेड्ले १० ओभरमा मात्र ३५ रन खर्चिए ।
इंग्ल्यान्डका टम क्लार्कले सर्वाधिक ३८ रन बनाए भने ओपनर बेन चार्ल्सवर्थले पनि ३६ रनको पारी खेले ।
वेस्ट इण्डिजका केभ्लन एन्डरसनले सर्वाधिक ८६ रन बनाए भने न्यीम योङ्गले ४१ बलमा आक्रमक ६६ रनको पारी खेले ।

Click to comment

Trending