Headline

यु१९ विश्वकप : नाइजेरिया माथि अस्ट्रेलियाको सहज जीत 

Published

on

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपमा अस्ट्रेलियाले नाइजेरिया माथि १० विकेटको सहज जीत हात पारेको छ ।  समुह बी मा रहेको अस्ट्रेलियाको दोश्रो खेलमा यो दोश्रो जीत हो । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजलाई तीन विकेटले पराजित गरेको थियो ।
नाइजेरियाले दिएको ६१ रनको झिनो लक्ष्य अस्ट्रेलियाले सात दशमलब चार ओभरमा बिना विकेटको क्षतीमा जीत दर्ता गरायो ।
यस अघि अस्ट्रेलियाका बलर तनविर सांघाले घातक बलिङ गरेपछि नाइजेरिया ३० दशमलब तीन ओभर खेल्दै मात्र ६१ रनमा अलआउट हुन पुग्यो । नाइजेरियालाई सस्तैमा समेट्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित सांघाले १० ओभर बलिंङ गर्दै चार मेडन सहित १४ रन खर्चिएर पाँच विकेट हात पारे भने ब्राडली सिम्प्सनले पनि तीन विकेट हात पारे ।
नाइजेरिया सुलैमन ओलालेयले सर्वाधिक २१ रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका चार जना ब्याट्सम्यानले त खाता सम्म पनि खोल्न भ्याएनन् ।

Click to comment

Trending