Headline

टाइम्स ए लाई थ्रि बाई थ्रि वेष्ट अन्तर्गत धनगढीको उपाधि, सिटी लेग समाप्त

Published

on

धनगढी टाइम्स क्लब ए ले धनगढीको उपाधि जितेसँगै लि–निङ्ग थ्रि बाई थ्रि बास्केटबल वेष्टको सिटी लेगहरु समाप्त भएको छ ।

सुदुरपश्चिमाञ्चल एकेडेमीको बास्केटबल कोर्टमा भएको फाइनलमा राष्ट्रिय खेलाडी मबिन्द्र क्षेत्री सम्मिलित टाइम्स ए ले सुदुरपश्चिम फाउण्डेशनलाई २०–१४ ले हरायो । दुवै टोली थ्र्रि बाई थ्रि वेष्टको फाइनल्सको लागि छनोट भएका छन् ।

यसअघि धनगढीमै हुने भनिएपनि प्राविधिक कारणले फाइनल पोखरामा सारिएको आयोजक नेपाल बास्केटबल प्राइभेट लिमिटेडले जानकारी दिएको छ । फाइनल आगामी बिहिबार र शुक्रबार पोखरा रँगशालाको बास्केटबल कोर्टमा हुनेछ ।

पोखरा लेगबाट कास्की बास्केटबल संघ र रामघाट फाइनलका लागि छानिएका थिए भने बुटवलबाट टाइम्स क्लबकै अर्को टोली र न्यु होराइजन क्लब छनोट भएका हुन् । कास्कीले पोखरा र टाइम्स बी ले बुटवलको उपाधि जितेको थियो ।

फाइनलका बिजेता र उपबिजेताहरुले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पोखरा लेगमा १२ र बुटवल लेगमा १० टिमहरुको सहभागिता रहेको थियो । धनगढीमा पनि १० टोलीको सहभागित रहेको थियो ।सहभागी टिमहरुलाई डबल एलिमिनेसको संरचनामा खेलाइएको थियो ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि थ्रि बाई थ्रि इस्टको पनि आयोजना गरेको थियो । एनबिएलले थ्रि बाई थ्रि सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

Click to comment

Trending