Headline

सन्दिपलाई दुई विकेट, सिड्नीसँग मेलबर्न पराजित 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्स बिग ब्यास लिगको आफ्नो १२औं खेलमा सिड्नी सिक्सर्ससँग डकवर्थ नियम अनुसार २१ रनले पराजित भएको छ । जारी बिग ब्यास लिगमा मेलबर्नको यो दोश्रो हार हो ।
बर्षाले प्रभाबित भए पछि १४ ओभरमा छोट्टाइएको खेलमा १४४ रनको लक्ष्य लिएर ब्याटिंङमा आएको मेलबर्नले १४ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १२५ रन बनाउन सक्यो ।
मेलबर्नको तर्फबाट ओपनर मार्कस स्टिनिसले सर्वाधिक ६२ रन बनाए पनि आफ्नो टोलीलाई जीत दिलाउन सकेनन् ।
यस अघि ब्याट फ्लिप हारेर पहिले ब्याटिंङ गरेको सिड्नीले पुरै १४ ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४३ रनको विशाल योगफल तयार पार्यो ।
सिड्नीको तर्फबाट मोइसेस हेनरिक्सले ३१ बलमा दुई चौका र आठ छक्काको मद्धतमा सर्वाधिक ७२ रन बनाए भने जेम्स भिन्सले पनि २२ बलमा अविजित ४१ रन जोडे ।
१२ खेलमा ११ जीत निकाल्दै २० अंकका साथ मेलबर्न अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने उसले प्लेअफमा स्थान पक्का गरि सकेको छ । त्यस्तै आजको खेलमा जीत निकाल्दै सिड्नी १५ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा उक्लेको छ भने एक खेल कम खेलेको एडिलेड स्ट्राइकर्स १३ अंकका साथ तेश्रो स्थानमा रहेको छ । 
 
सन्दिपको प्रदर्शन 
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले सिड्नी बिरुद्धको खेलमा मेलबर्न स्टार्सलाई आफ्नो पहिलो ओभरमा नै दुई सफलता दिलाएता पनि पछिल्लो दुई ओभरमा महँगो साबित हुँदै सामान्य प्रदर्शन गरे । 
पहिलो ओभरमा तीन रन खर्चिएर दुई विकेट लिएर उत्कृस्ट शुरुवात दिलाएका सन्दिपले बाँकी दुई ओभरमा महँगो रहँदै ३५ रन खर्चिए । सिड्नीका सन्दिपको तेश्रो तथा ओभरमा तीन छक्का र एक चौका सहित २४ रन निकाले ।
सन्दिपले आफ्नो पहिलो ओभरको तेश्रो तथा अन्तिम बलमा विकेट निकाल्दै मेलबर्नलाई सफलता दिलाएका हुन् । सन्दिपले ओपनरहरु जोश फिलिप र ड़्यानियल ह्युज्सको विकेट लिएका हुन् ।
दोश्रो ओभरको पहिलो र दोश्रो बलमा सन्दिपले एक एक रन खर्चिए । तेश्रो बल डट गरेका सन्दिपको चौथों बलमा हेनरिक्सले छक्का प्रहार गरे । त्यस पछि बाँकी दुई बलमा सन्दिपले क्रमसः एक तथा दुई रन खर्चिए ।
सन्दिपको तेश्रो ओभरको पहिलो बलमा नै भिन्सले स्लग स्विपमा छक्का प्रहार गरे । त्यस पछिको बलमा पनि कट गर्दै उनले चौका प्रहार गरे । सन्दिपको तेश्रो बलमा भिन्सले एक सिंगल लिए । सन्दिपको ओभरको चौथों बल खेलेका हेनरिक्सले छक्का प्रहार गरे । आजको खेलमा आक्रमक खेलेका हेनरिक्सले सन्दिपको पाँचौं बलमा पनि छक्का प्रहार गरे । अन्तिम बलमा भने हेनरिक्सले एक सिंगल मात्र लिन सके ।

Click to comment

Trending