Headline

एनभिए राष्ट्रिय भलिबलः पुलिस महिलातर्फ सेमिफाइनलमा

Published

on

पाँचौ एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबारको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गरेको हो । यसअघि न्यू डायमण्डसँग पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ ४ अंक बटुल्न सफल भयो ।

समूह बिजेता र उपबिजेताको टुङ्गगो भने न्यू डायमण्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ । महिलाको अर्को खेलमा समूह चरण बाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो ।

बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित ग¥यो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा पुरुपतर्फ त्रिभुवन आर्मी क्लब ग्रुप ए मा समूह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो ।

आर्मील नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित ग¥यो । आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ । आर्मीसँग पराजित भए पनि नयाँ बजार एक जितका साथ समूह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भयो ।

समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै लिगबाटै बाहिरिएको छ । ग्रुप बिको अर्को खेलमा भने बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–१५, २५–२१, २५–१० ले हरायो ।

Click to comment

Trending