Headline

सन्दिपको दुई विकेटको बाबजुत सिड्नीको विशाल योगफल 

Published

on

बिग ब्यास लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले सिड्नी सिक्सर्स बिरुद्धको खेलमा मेलबर्न स्टार्सलाई आफ्नो पहिलो ओभरमा नै दुई सफलता दिलाएता पनि पछिल्लो दुई ओभरमा महँगो साबित हुँदै सामान्य प्रदर्शन गरेका छन् ।
पहिलो ओभरमा तीन रन खर्चिएर दुई विकेट लिएर उत्कृस्ट शुरुवात दिलाएका सन्दिपले बाँकी दुई ओभरमा महँगो रहँदै ३५ रन खर्चिए । सिड्नीका जेम्स भिन्स र मोइसेस हेनरिक्सले सन्दिपको तेश्रो तथा ओभरमा तीन छक्का र एक चौका सहित २४ रन निकाले ।
सन्दिपले आफ्नो पहिलो ओभरको तेश्रो तथा अन्तिम बलमा विकेट निकाल्दै मेलबर्नलाई सफलता दिलाएका हुन् । सन्दिपले ओपनरहरु जोश फिलिप र ड़्यानियल ह्युज्सको विकेट लिएका हुन् ।
दोश्रो ओभरको पहिलो र दोश्रो बलमा सन्दिपले एक एक रन खर्चिए । तेश्रो बल डट गरेका सन्दिपको चौथों बलमा हेनरिक्सले छक्का प्रहार गरे । त्यस पछि बाँकी दुई बलमा सन्दिपले क्रमसः एक तथा दुई रन खर्चिए ।
सन्दिपको तेश्रो ओभरको पहिलो बलमा नै भिन्सले स्लग स्विपमा छक्का प्रहार गरे । त्यस पछिको बलमा पनि कट गर्दै उनले चौका प्रहार गरे । सन्दिपको तेश्रो बलमा भिन्सले एक सिंगल लिए । सन्दिपको ओभरको चौथों बल खेलेका हेनरिक्सले छक्का प्रहार गरे । आजको खेलमा आक्रमक खेलेका हेनरिक्सले सन्दिपको पाँचौं बलमा पनि छक्का प्रहार गरे । अन्तिम बलमा भने हेनरिक्सले एक सिंगल मात्र लिन सके ।
बर्षाका कारण १४ ओभरमा छोट्टाइएको खेलमा मेलबर्नले ब्याट फ्लिपहारेर पहिले ब्याटिंङ गरेको सिड्नीले पुरै १४ ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४३ रनको विशाल योगफल तयार पार्यो । 
अघिल्ला केहि खेलमा महँगो साबित भएका सन्दिपले पछिल्लो खेलमा भने किफायती बलिङ गरेका छन् । घाइते भएका कारण एक खेलमा गुमाएका उनले यस संस्करणमा १० खेल खेल्दै १२ विकेट लिएका छन् । 
सिड्नी सिक्सर्स बिरुद्धको अघिल्लो खेलमा चार ओभर बलिङ गरेका सन्दिपले एक विकेट मात्र हात पारेका थिए । महँगो साबित भएका उनले ३५ रन खर्चिएका थिए ।
११ खेलमा १० जीत निकाल्दै २० अंकका साथ मेलबर्न अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने उसले प्लेअफमा स्थान पक्का गरि सकेको छ । क्रमसः दोश्रो र तेश्रो स्थानमा रहेका एडिलेड स्ट्राइकर्स र सिड्नी सिक्सर्स को ११ खेलमा समान १३ अंक रहेको छ ।

Click to comment

Trending