Headline

सन्दिपको टोली मेलबर्नले सिड्नीको सामना गर्दै 

Published

on

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यास लिग अन्तर्गत आफ्नो १२औं खेलमा सिड्नी सिक्सर्ससँग खेल्दै छ । सिड्नीमा हुने खेल नेपाली समय अनुसार दिउँस १:२५ बजे शुरु हुनेछ ।
अघिल्ला केहि खेलमा महँगो साबित भएका सन्दिपले पछिल्लो खेलमा भने किफायती बलिङ गरेका छन् । घाइते भएका कारण एक खेलमा गुमाएका उनले यस संस्करणमा १० खेल खेल्दै १२ विकेट लिएका छन् । 
सिड्नी सिक्सर्स बिरुद्धको अघिल्लो खेलमा चार ओभर बलिङ गरेका सन्दिपले एक विकेट मात्र हात पारेका थिए । महँगो साबित भएका उनले ३५ रन खर्चिएका थिए ।
११ खेलमा १० जीत निकाल्दै २० अंकका साथ मेलबर्न अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने उसले प्लेअफमा स्थान पक्का गरि सकेको छ । क्रमसः दोश्रो र तेश्रो स्थानमा रहेका एडिलेड स्ट्राइकर्स र सिड्नी सिक्सर्स को ११ खेलमा समान १३ अंक रहेको छ ।

Click to comment

Trending