Headline

आर्मीलाई ए डिभिजन लिगमा स्पष्ट अग्रता लिने अवसर

Published

on

सन्तोष साहुखलको च्यासल युथ क्लबबिरुद्ध जित हात पार्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगमा मङ्गलबार स्पष्ट अग्रता लिने दाउमा हुनेछ ।

अंक तालिकामा आर्मी ६ खेलबाट १३ अंक बटुल्दै अग्रस्थानमा रहेको छ भने दोश्रो स्थानको मच्छिन्द्र र तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबको पनि १३ अंक रहेको छ । तर दुवै टोलीले एक खेल बढी खेलेका छन् ।

दशरथ रँगशालामा हुने खेलमा च्यासललाई हराउने हो भने आर्मीले स्पष्ट तीन अंकको अग्रता लिनेछ । मच्छिन्द्र र मनाङ दुवैसँग खेल्न बाकी रहेको स्थितिमा च्यासललाई हराउने हो भने अन्य दुई महत्वपूर्ण खेलमा आफू अनुकुलको योजना बनाउदै खेल्न मद्दत पु¥याउनेछ ।

मनाङले मच्छिन्द्रसँग २–२ गोलको बराबरी खेलेको थियो भने उसको थ्रि स्टारसँगको रोमाञ्चक खेल पनि २–२ गोलको बराबरीमै टुङ्गिएको थियो । स्टार खेलाडीहरुको जमात खडा गरेको मच्छिन्द्रले आफ्नो पछिल्लो खेलमा हिमालयन शेर्पा क्लबसँग अपराजित पराजय बेहोरेको थियो भने उसले अर्को महत्वपूर्ण खेल थ्रि स्टारसँग खेल्न बाकी रहेको छ ।

आर्मीबिरुद्ध जित हात पारेको स्थितिमा च्यासल पनि अंक तालिकामा १२ बाट आठौं स्थानमा उक्लनेछ । तर नवयुग श्रेष्ठ, भरत खवास, जर्ज प्रिन्स कार्की जस्तो उत्कृष्ट अग्रपंक्ति रहेको आर्मीलाई हराउन च्यासलले निकै मिहिनेत गर्नुपर्ने हुन्छ ।

अंक तालिकामा थ्रि स्टार ११ अंकका साथ एनआरटी र नेपाल पुलिस क्लबसँग गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ । सातौं स्थानमा रहेको जावलाखेल युथ क्लबको ९ अंक रहेको छ ।

एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा संकटाले ब्रिगेड बोइज क्लबसँग खेल्नेछ । सातौं चरणको अन्तिम खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । खेलमा जुन टोलीले जित हात पारेपनि सातौं स्थानमा उक्लनेछन् ।

संकटा ८ अंक सहित आठौं स्थानमा रहेको छ भने जितेको खण्डमा उसले एनआरटी र पुलिसको बराबरी गर्नेछ । ब्रिगेडको भने १० अंक हुनेछ ।

Click to comment

Trending