Headline

बालोटेलीलाई मैदानभित्र छिरेको ७ मिनेटमै रेड कार्ड

Published

on

इटालियन स्ट्राइकर मारियो बालोटेली बिवादास्पद पात्र हुन, मैदानभित्र र बाहिर दुवै तर्फ । उनलाई बिवादले कहिले पिछा छोड्दैन । यस्तै स्थिति उनलाई इटालियन सिरी आ मा गएराति आइप¥यो ।

सब्स्टिच्युट खेलाडीको रुपमा ब्रेसियाका लागि मैदान छिरेको ७ मिनेट भित्रै रेड कार्ड खादै मैदान बाहिरिए । ९ मिनेट बाकी रहेको स्थितिमा रेफ्रिको निर्णयमा असन्तुष्टि जनाए लगत्तै बालोटेलीले दोश्रो पहेलो कार्ड दिएका थिए । फाबियो पिसाकाने माथि फल गरेपछि उनले पहिलो पहेलो कार्ड पाएका थिए ।

खेल २–२ गोलको बराबरीमा टुङ्गिएको थियो । रेड कार्डपछि बालोटेलीले शुक्रबार हुने एसि मिलानसँगको खेल गुमाउने भएका छन् । अगष्ट, २०१९ मा ब्रेसिया गएका २९ बर्षिय बालोटलीले क्लबका लागि अहिलेसम्म पाँच गोल गरेका छन् ।

बालोटेलीले अहिलेसम्म आफ्नो करिअरमा १३ रेड कार्ड पाइसकेका छन् । युरोपका उत्कृष्ट पाँच लिगमै लगातार चार सिजन रातो कार्ड पाएर मैदान बाहिरिने बालोटेली मोनाकोका डिफेण्डर जेमर्सनपछि दोश्रो हुन् । ब्रेसियाका अध्यक्ष मासिमो सेलिनोले बालोटेलीलाई रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको क्लबबाट खेल्न नसुहाउने बताउदै आफ्नो घरेलु क्लब छोड्न स्वतन्त्र भएको बताएका थिए ।

ब्रेसिया अहिले सिरी आ को रेलिगेसन जोन मै रहेको छ । उसको लिगमा २० खेलबाट मात्र १५ अंक रहेको छ । त्रिष्चियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस पार्मालाई पराजित गर्दै अंक तालिकामा ५१ ऋंक सहित अग्रस्थानमा रहेको छ । इन्टर मिलान ४७ अंकले दोश्रो स्थानमा रहेको छ ।

Click to comment

Trending