Headline

भान डाइक र सलाहको गोलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई हरायो

Published

on

भर्जिल भान डाइक र मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले इङ्गलिस प्रिमियर लिगमा म्यानेचस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

एनफिल्डमा भएको खेलमा भान डाइकले ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्डको पासमा भान डाइकले गोल गरेका थिए । सलाहले ९० औं मिनेटमा अर्को गोल थप्दै लिभरपुलको जित सुनिश्चित पारेका थिए । जितसँगै लिभरपुलले अंक तालिकाको शिर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ ।

लिभरपुलको २२ खेलबाट ६४ अंक भएको छ भने दोश्रो स्थानको म्यानचेस्टर सिटीको उति नै खेलबाट ४८ अंक रहेको छ । यसअघि तेश्रो स्थानको लेस्टर अवे खेलमा बर्न्लीसँग २–१ ले स्तब्ध भएको थियो । हारसँगै लेस्टरले सिटीसँग अंक बराबर गर्ने मौका गुमाउन पुग्यो ।

लेस्टरको ४५ अंक रहेको छ भने चौथो स्थानको चेल्सीको ३९ अंक छ । म्यानचेस्टरको भने २३ खेलमा ३४ अंक भएको छ । आइतबारको पहिलो खेलमा भने लेस्टरले अग्रता लिएको थियो । हार्भी बार्नेसले ३३ औ मिनेटमा लेस्टरका लागि गोल गरेका थिए ।

५६ औं मिनेटमा क्रिस उडले गोल गर्दै खेल बराबरी ल्याए भने ७९ औं मिनेटमा एस्ली वेष्टउडले गोल गरेपछि बर्नलीले जित हात पारेको थियो । बर्नली २३ खेलबाट २७ अंक सहित १४ औं स्थानमा रहेको छ । ं

Click to comment

Trending