Headline

रोहित र कोहलीको उत्कृस्ट ब्याटिंङमा भारतलाई अस्ट्रेलिया बिरुद्धको एकदिवसीय शृंखला

Published

on

ओपनर रोहित शर्माको शतक तथा कप्तान बिराट कोहलीको अर्धशतकमा घरेलु टोली भारतले अस्ट्रेलिया बिरुद्धको एकदिवसीय शृंखला आफ्नो पक्ष्यमा पारेको छ । तीन खेलको शृंखलाको तेश्रो खेलमा सात विकेटको जीत निकाल्दै भारतले शृंखला २-१ ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जीत दर्ता गरायो ।
भारतको जीतमा ओपनर रोहित शर्माले सर्वाधिक ११९ रन जोडे । १२८ बलको सामना गरेका उनले आठ चौका र ६ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि १९ रन बनाएका केएल राहुलसँग ६९ तथा कप्तान कोहलीसँग १३७ रन जोड्दै भारतलाई जीत सुनिश्चित गरे ।
जीतका लागि ६ रन मात्र आवश्यक रहेको अवस्थमा कप्तान कोहली पनि आउट भए । जोश हेजलउडको शिकार हुनु अघि कोहलीले ९१ बल खेल्दै आठ चौकाको मद्धत ८९ रनको पारी खेले । अविजित श्रेयस ऐयरले ३५ बलमा ४४ रनको योगदान दिए ।
यस अघि स्टिभ स्मिथको शतक तथा मार्नस लाबुसनको अर्धशतमा अस्ट्रेलियाले भारतलाई २८७ रनको विशाल लक्ष्य दिएको थियो ।
खेलमा टस जीतेर पहिले ब्याटिंङ गरेको अस्ट्रेलियाले ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २८७ रनको विशाल योगफल तयार पारेको हो ।
ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चलाई सस्तैमा गुमाए खराब शुरवात गरेको अस्ट्रेलियाको लागि तेश्रो नम्बरमा आएका स्मिथ र चौथों नम्बरमा आएका मार्नसले तेश्रो विकेटका लागि १२७ रन जोड्दै पारी सम्हालेका थिए । ६४ बलको सामना गरेका मार्नुसले पाँच चौकाको मद्धतमा ५४ रन बनाएर रविन्द्र जडेजाको शिकार भए ।
मार्नुस आउट भएता पनि अस्ट्रेलियाको पारी सम्हालेका स्मिथ मोहम्मद शामीको बलमा आउट हुनु अघि १३२ बल खेल्दै १४ चौका र एक छक्काको मद्धतमा सर्वाधिक १३१ रन बनाए । स्मिथको एकदिवसीयमा यो नवौं शतक हो । दोश्रो खेल खेलेका मार्नुसको भने पहिलो अर्धशतक हो ।
भारतको तर्फबाट महँगो साबित भएका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए भने रविन्द्र जडेजाले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।
मुम्बईमा भएको पहिलो खेल अस्ट्रेलियाले भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोश्रो खेल गुमाएमा शृंखला गुमाउने खेलमा भारतले राम्रो प्रदर्शन गर्दै भारतले ३६ रनले खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो ।

Click to comment

Trending