Headline

एनभिए राष्ट्रिय क्लब भलिबल: एपीएफ र आर्मी महिला तर्फ सेमिफाइनलमा

Published

on

एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आईतबार महिला तर्फ नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेका छन् ।

एपीएफले समूह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) २५–११, २५–१२ र २५–१६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । एपिएफको ६ अंक भएको छ । यस अघि एपिएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) लाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

आर्मीले जेभिसीलाई २५–११, २५–५, २५–११ ले पराजित गर्दै ६ अंक जोड्न सफल भयो । आर्मीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । समूह बिजेता र उपबिजेताको टुङ्गो भने एपिएफ र सेना विचको प्रतिस्पर्धा बाट हुनेछ ।

दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डीमा पहिलो जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश ग¥यो । हेल्प नेपालले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) लाई २५–१०, २५–१५, २५–११ ले पराजित ग¥यो ।

ग्रुपमा दुई टिम मात्र भएकोले पहिलो जितमानै हेल्प नेपाल क्वाटरफाईनल प्रवेश गर्न सफल भएको हो । हारका बावजुद बिवाईसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ ।

Click to comment

Trending