Headline

एनआरटी एपीएफलाई पराजित गर्दै पहिलो ३ स्थानको दाबेदारीमा

Published

on

न्युरोड टिम (एनआरटी) शहीद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा दर्शन गुरुङले अन्तिम समयमा बिजयी गोल गरेपछि एनआरटीले महत्वपूर्ण ३ अंक हात पा¥यो । आन्द्रे थेरीको गोलबाट अग्रता लिएको एनआरटीलाई आशिष लामाले दुई गोल गर्दै खेलमा पछि पारेका थिए । तर अन्तिम १० मिनेट उच्च प्रदर्शन गर्दै एनआरटीले दुई गोल गरेपछि एपीएफले लिगमा चौथो पराजय बेहो¥यो ।

जितपछि एनआरटीको ७ खेलबाट ११ अंक भएको छ । चौथो स्थानको थ्रि स्टार र छैटौं स्थानको नेपाल पुलिस क्लबको पनि ११ अंक रहेको छ । यो सिजन चार खेलमा जित हात पारेको एनआरटी अघिल्लो लिगमा पुछारमा रहेकोले उसको दुई अंक पहिले नै घटाइएको थियो ।

एपीएफ ७ खेलबाट मात्र ५ अंक बटुल्दै १२ औं स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब, दोश्रोमा रहेको मच्छिन्द्र र तेश्रो स्थानमा रहेको मनाङ मस्र्याङ्गदीको समान १३ अंक रहेको छ । आइतबारको खेलमा जितसँगै एनआरटी पनि पहिलो तीन स्थानको दाबेदारीमा कायम रहन गएको छ ।

एनआरटीलाई खेलमा थेरीले नजिकबाट हेडरमाफर्त गोल गर्दै खेलमा अघि बढाए । ४१ औ मिनेटमा एपीएफले बराबरी ग¥यो । नबिन लामो उत्कृष्ट पासमा आशिष लामाले गोल गरेपछि पहिलो हाफ १–१ मा दुङ्गिएको थियो । आशिषले नै दोश्रो हाफको ८ मिनेटपछि फ्रि किकमार्फत सुन्दर गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।

त्यसपछि खेलमा एनआरटी हावी हुन थाल्यो र लगातारको दवाबपछि ८० औं मिनेटमा बराबरी गर्न सफल भयो । नबिन गुरुङले निकालेको पासलाई एपीएफका बिरेन्द्र प्रकाश यादवले आफ्नो पोस्टमा गोल गर्न पुगेका थिए । त्यसको पाँच मिनेटपछि नै दर्शनले गोल गरेपछि एनआरटी बिजयी हुन पुग्यो ।

Click to comment

Trending