Headline

एट्लेटिकोलाई आइबारको झड्का, रियल ला लिगाको शिर्षस्थानमा

Published

on

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार आइबारसँग स्तब्धपूर्ण हार बेहारेको छ । हारपछि शिर्ष स्थानमा रहेका रियल म्याड्रिड र बार्सिलोनासँगको दुरी थप बढेको छ ।

सेभियालाई २–१ ले हराएपछि रियल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । २० खेलबाट ४३ अंक रहेको रियल भन्दा पछाडी बार्सिलोनाको १९ खेलबाट २० अंक भएको छ । एट्लेटिकोको २० खेलबाट ३५ अंक भएको छ । सेभियाको पनि उति नै अंक भएको छ । बार्सिलोनाले आइतबार ग्रानडासँग खेल्न गइरहेको छ ।

एट्लेटिको बिरुद्ध आइबारले खेलको १० औं मिनेटमै इस्तबान बर्गोसको गोलबाट अग्रता लिएको थियो भने ९० औं मिनेटमा एडु एक्सपोजिटोले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए । आइबार अंक तालिकाको १६ औं स्थानमा रहेको छ ।

स्यान्टियागो बर्नाबाउमा भएको खेलमा रियल र सेभियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । कासिमेरोले खेलको ५७ औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि नै लुक डे जोँगले खेललाई बराबरीमा ल्याएका थिए । कासिमेरोले दोश्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

Click to comment

Trending