Trending

यु१९ विश्वकप : अस्ट्रेलिया माथि वेस्ट इण्डिजको संघर्षपुर्ण जीत 

Published

on

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपमा वेस्ट इण्डिजले अस्ट्रेलिया माथि तीन विकेटको संघर्षपुर्ण जीत हात पारेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको अस्ट्रेलियाले ३५ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १७९ रनको सामान्य योगफल तयार पार्यो भने जवाफी ब्याटिंङ गरेको वेस्ट इण्डिजले ४६ ओभर खेल्दै सात विकेटको नोक्सानीमा जीत आत्मसाथ गर्यो ।
सामान्य योगफल लिएर ब्याटिंङमा आएको वेस्ट इण्डिजका शुरुवाती ब्याट्सम्यानहरुले शुरुवात राम्रो गरेता  स्कोर बनाउन नसकेता पनि छैठौं नम्बरमा ब्याटिंङ गर्न आएका नयीम योङ् ६६ बलमा छ चौका र एक छक्काको मद्धतमा अविजित ६१ रन बनाउँदै आफ्नो टोलीलाई जीत दिलाए । योङ् खेलको म्यान अफ द म्याच चुनिए ।
तनविर सांघाले १० ओभर बलिङ् गर्दै ३० रन खर्चेर चार विकेट हात पारेता पनि अन्य बलरहरुले विकेट निकाल्न नसक्दा अस्ट्रेलियाले हारको सामना गर्न पुग्यो ।
यस अघि अस्ट्रेलियाको तर्फबाट ओपनर ज्याक फ्रासेर म्याकगुर्कले ९७ बलमा सर्वाधिक ८४ तथा विकेट किपर ब्याट्सम्यान प्याट्रिक रोवेले ४० बाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नस्कदा सस्तैमा समेटिन पुग्यो ।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा वेस्ट इण्डिजका जायदेन साल्सले सर्वाधिक चार विकेट लिए भने म्याथ्यु फोर्डले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।

Click to comment

Trending