Trending

यु१९ विश्वकप : न्युजिल्यान्ड र जापानको खेल रद्द 

Published

on

यु१९ विश्वकप अन्तर्गत न्युजिल्यान्ड र जापान बीचको खेल बर्षाका कारण रद्द भएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको न्युजिल्यान्डले २८ दशमलब पाँच ओभरमा दुई विकेट गुमाएको अवस्थामा पानी पर्न शुरु गर्यो । तर लगातार बर्षा भएका कारण खेल हुन सकेन । खेल रद्द भए पछि दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
खेल रद्द हुनु अघि ओल्ली ह्वाइटले न्युजिल्यान्डको तर्फबाट सर्वाधिक ८० रन बनाए । ८१ बलको सामना गर्दै १० चौका प्रहार गरेका उनले ५४ बलमा ५१ रन बनाएका र्ह्य्स मारिउसँग पहिलो विकेटका लागि १५ दशमलब पाँच ओभरमा ११९ रन जोड्दै न्युजिल्यान्डलाई आक्रमक शुरुवात दिलाए । न्युजिल्यान्डका फर्गुस लेल्लमनले पनि अविजित रहँदै ३४ बलमा ३६ रन बनाए ।
जापानका निल दाते र युगन्धर रेथारेकरले समान १-१ विकेट हात पारे ।

Click to comment

Trending