Headline

आर्मीलाई एमएम कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि 

Published

on

त्रिभुवन आर्मी क्लबले एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

इनरुवा रँगशालामा शनिबार भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ८५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । उपाधिसँगै आर्मीले ४ लाख पाँच हजार र उपबिजेता पुलिसले २ लाख पाँच हजार रुपैया प्राप्त ग¥यो ।

लो स्कोरिङ्ग फाइनलमा टस हार्दै पहिलो ब्याटिङ्ग गरेको आर्मीलाई कप्तान बिनोद भण्डारीले एक सय ८४ रनसम्म डो¥याएका थिए । आर्मी ७ बल बाकी छदा अलआउट भएको थियो । जवाफमा म्यान अफ द म्याच सुशन भारी श्रेष्ठले चार विकेट लिएपछि पुलिस २४ दशमलव चार ओभरमा ९९ रनमै समेटिएको थियो ।

पहिलो ओभर लिएर आएका भारीले तेश्रो बलमै पवन शर्राफलाई शुन्यमा पेभिलियन फर्काएका थिए । आर्मीका स्पिनरहरुले पहिलो ओभरदेखि नै खेलमा दवाब बनाएपछि पुलिस २५ ओभर समेट टिक्न सकेन । उसका लागि कुशल भुर्तेलले २७ बलमा ३१ रन बनाए भने अमित श्रेष्ठले २३ र अनिल कुमार साहले २१ रन बनाउदै दोहोरो अंकमा रन बटुलेका थिए ।

भारीले ६ ओभरमा मात्र २४ रन खर्चदै चार विकेट लिए भने शाहब आलमले ३ र कुशल मल्लले दुई विकेट लिए । अर्को विकेट बिक्रम सोबको नाममा रहेको थियो ।

यसअघि सामान्य ब्याटिङ्ग प्रदर्शन गरेको आर्मीले एक समय ११६ रन मात्र बनाउदा ७ विकेट गुमाइसकेको थियो । उसका लागि टप अर्डबाट ओपनर राजु रिजालले २२ रन जोड भने मिडल अर्डरमा राजेश पुलामी मगरले ३१ रन बनाएका थिए । ४९ बलको सामना गरेका राजेशले चार चौका प्रहार गरेका थिए ।

आर्मीलाई सम्मानजनक योगफल तर्फ धकेल्ने क्रममा भण्डारीले बिक्रमसँग आठौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । भण्डारीले ६६ बलमा चार चौका प्रहार गर्दै ४० रन बनाए । बिक्रमले १५ रनको योगदान दिए ।

पुलिसका लागि दिपेन्द्र सिँह ऐरि, ललित नारायण राजबंशी र सागर ढकालले ३–३ विकेट लिएका थिए । । अर्को विकेट पवनले लिएका थिए ।

Click to comment

Trending