Headline

टाइम्स क्लबलाई थ्रि बाई थ्रि वेष्ट अन्तर्गत बुटवल लेगको उपाधि

Published

on

टाइम्स क्लबले लि–निङ्ग थ्रि बाई थ्रि बास्केटबल अन्तर्गत बुटवल लेगको उपाधि जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा टाइम्सले न्यु होराइजन क्लबलाई १४–११ ले हरायो । फाइनल प्रवेश गरेका दुवै टोलीले अब धनगढीमा हुने थ्रि बाई थ्रि वेष्टको उपाधिको लागि खेल्नेछन् ।

थ्रि बाई थ्रि वेष्टको पोखरा लेगको उपाधि भने कास्की बास्केटबल संघले जितेको थियो । पोखराबाट कास्की र रामघाट धनगढीमा हुने फाइनलका लागि प्रवेश गरेका थिए । धनगढी लेग माघ ६ गते हुनेछ भने वेष्टको फाइनल ८ र ९ गते हुनेछ ।

तीनवटै शहरबाट फाइनल पुग्ने टोलीहरु उपाधिका लागि भिड्नेछन् । फाइनलका बिजेता र उपबिजेताहरुले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरा लेगमा १२ र बुटवल लेगमा १० टिमहरुको सहभागिता रहेको थियो र सहभागी टिमहरुलाई डबल एलिमिनेस फम्र्याटमा खेलाइएको थियो ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि थ्रि बाई थ्रि इस्टको पनि आयोजना गरेको थियो । एनबिएलले थ्रि बाई थ्रि सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

Click to comment

Trending