Headline

पुलिसको महत्वपूर्ण जित, लिगको चौथो स्थानमा उक्लियो

Published

on

नेपाल पुलिस क्लब शहीद स्मारक ए डिभिजन लिगमा महत्वपूर्ण जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २–० ले पराजित ग¥यो । पुलिसको ७ खेलबाट ११ अंक भएको छ भने पहिलो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र दोश्रो स्थानको मच्छिन्द्र क्लबको समान १३ अंक रहेको छ ।

यस्तै मनाङ्ग मस्र्याङ्गदी क्लबको १२ र थ्रि स्टार क्लबको १० अंक रहेको छ । यी दुई टोलीबीच शनिबार नै हुने खेलले पुलिसको अंक तालिकाको स्थान निर्धारण हुनेछ । पाँच चरणको खेलसम्म अपराजित रहेको जावालाखेल लगातार दोश्रो खेलमा पराजित भएको हो । जावलाखेलको ७ खेलबाट ९ अंक भएको छ भने उ छैटौं स्थानमा रहेको छ ।

खेलको २७ औं मिनेटमा पुलिस सौजन राइको गोलबाट अघि बढेको थियो । पहिलो हाफमा १–० ले अगाडी बढेको पुलिसले दोश्रो हाफको शुरुवातमै अग्रता दोब्बर पारेको थियो । जुमानु राईको स्थानमा मैदान छिरेका सुमन सुबेदीले पुलिसको लागि दोश्रो गोल गरेका थिए ।

Click to comment

Trending