Headline

इङ्गलिस प्रिमियर लिगमा सबै भन्दा धेरै कमाउने खेलाडीहरु

Published

on

इङ्गलिस प्रिमियर लिग बिश्वका प्रतिस्पर्धात्मक फुटबल लिगहरुमध्ये पर्दछ, यही कारणले नै यसको आकर्षण जहिले पनि कायम रहने गर्छ । खेलाडी किनबेचमा पनि इङ्गलिस प्रिमियर लिगमै सबैभन्दा बढी तछाड–मछाड हुने गर्छ भने क्लबहरुले एक पटक एक खेलाडीको पछाडी लागेपछि जति पनि रकम दिनलाई पाखरा सुर्केर लाग्ने गर्छन ।

तर, कति कमाउछन् त इङ्गलिस प्रिमियर लिगका खेलाडीहरुले ? स्पोर्टसयाकले भर्खरै सार्वजनिक गरेको यो सुचीमा ९ वौं स्थानसम्म म्यानचेस्टर युनाइटेडका खेलाडीहरु रहेका छन् । तर म्यानचेस्टर यूनाइटेडको हालको प्रदर्शन र लिगको अंक तालिकामा उनीहरुको स्थिती देख्दा भने यस्तो भने लाग्दैन । एक पटक हेरौं न त पोजिसन अनुसार प्रति हप्ता सबैभन्दा धेरै कमाउने खेलाडीहरु :

गोलकिपर (पाउण्डमा)

१. डेभिड डी जी – ३७५,००० (म्यानचेस्टर युनाइटेड)
२. केपा अरिजाबालागा – १५०,००० (चेल्सी)
३. क्यास्पर स्मीचेल – १३०,००० (लेस्टर)

लेफ्ट ब्याक

१. लूक श – १२०,००० (म्यानचेस्टर युनाइटेड)
२. सिड कोलासिनाक – १००,००० (आर्सनल)
३ मार्कोस अलोन्सो – १००,००० (आर्सनल)

सेन्टर ब्याक

१. भर्जिल भान डाइक – १६५,००० (लिभरपुल)
२. ह्यारी मग्वायर – १६२,७७५ (म्यानचेस्टर युनाइटेड)
३. डेविड लुइज – १२५,६७३ (आर्सनल)

राइट ब्याक

१. एस्ली यङ्ग – १२०,००० (म्यानचेस्टर यनाइटेड)
२. हेक्टर बेलेरिन – ११०,००० (आर्सनल)
३. काइल वाकर – १००,००० (टोटेन्ह्याम)

मिडफिल्ड

१. केविन डी ब्रुयने – ३२०,८३३ (म्यानचेस्टर सिटी)
२. पल पोग्बा – २९०,००० (म्यानचेस्टर युनाइटेड)
३. टान्गी एनडोम्बेले – २००,००० (टोटेन्ह्याम)

सेन्टर एट्याकिङ्ग मिडफिल्ड

१. मेसुत ओजिल – २६८,७५० (आर्सनल)
२. डेभिड सिल्भा – १६०,००० (म्यानचेस्टर सिटी)
३. जुआन माटा – १६०,००० (म्यानचेस्टर युनाइटेड)

राइट विङ्ग

१. रहिम स्टर्लिंग – ३००,००० (म्यानचेस्टर सिटी)
२. मोहम्मद सलाह – २००,००० (लिभरपुल)
३. बर्नार्डो सिल्भा – १५०,००० (म्यानचेस्टर सिटी)

लेफ्ट विङ्ग

१. मार्कस राशफोर्ड – २००,००० (म्यानचेस्टर युनाइटेड)
२. सन हिउङ मिन – १४०,००० (टोटेन्ह्याम)
३. विलफ्राइड जहा – १३०,००० (क्रिष्टल प्यालेस)

स्ट्राइकर

१. एन्थोनी मार्शियल – २५०,००० (म्यानचेस्टर युनाइटेड)
२. सर्जियो अगुएरो – २३०,१३५ (म्यानचेस्टर सिटी)
३. ह्यारी केन – २००,००० (टोटेन्ह्याम)

Click to comment

Trending