Headline

मलिक र हफिज पाकिस्तानी ट्वान्टी ट्वान्टी टोलीमा 

Published

on

पाकिस्तान क्रिकेट बोर्डले अनुभवी खेलाडीद्वय शोएब मलिक र मोहम्मद हफिजलाई बंगलादेश बिरुद्ध आगामी हफ्ताबाट शुरु हुने ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय शृंखलाका आफ्नो टोलीमा समावेस गरेको छ ।
आज सार्वजनिक गरिएको टोलीमा तिब्र गतिका बलरहरु मोहम्मद आमिर र वाहब रियाजले भने स्थान बनाउन सकेनन् । त्यस्तै मुहम्मद मुसा, अशन अली र अमद बटलाई ट्वान्टी ट्वान्टी टोलीमा समावेस गरिएको छ ।
पाकिस्तान र बंगलादेश बीचको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला अर्को शुक्रबार (मार्च २४) तारिखबाट लाहोरमा शुरु हुनेछ ।
पाकिस्तान टोली – बाबर आजम (कप्तान), अशन अली, अमद बट, इफ्तिखर अहमद, ह्यारिस रौफ़, इमाद वासिम, खुश्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हस्नानी, मोहम्मद रिजवान, मोहम्मद मुसा, शादब खान, शाहिन अफ्रिदी, शोएब मलिक, उस्मान कादिर

Click to comment

Trending