Headline

एमएम कप राष्ट्रिय क्रिकेटः आर्मी र पुलिस फाइनलमा भिड्ने

Published

on

डिफेन्डिङ्ग च्याम्पियन त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

इनरुवा रँगशालामा बिहिबार सम्पन्न दोश्रो सेमिफाइनलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई हराएको थियो ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको पुलिसले कप्तान दिपेन्द्र सिँह ऐरिको अद्र्धशतकको मद्दतमा ४९ ओभरमा अल आउट हुदै २ सय २९ रन बनायो । म्यान अफ द म्याच सागर ढकालले निकै कसिलो बलिङ्ग गर्दै ९ रनमात्र खर्चिएर पाँच विकेट लिएपछि सुदुर पश्चिम ३३ दशमलव ४ ओभरमा एक सय ३० रनमै समेटियो ।

आर्मीका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए भने आकाश चन्दले २३ रनको योगदान दिएका थिए । अन्य ब्याट्स्म्यानहरुले खासै राम्रो योगदान दिन सकेनन् । सागरले ६ दशमलव चार ओभर बलिङ्ग गर्दै सुदुर पश्चिमको मिडल अर्डरलाई ध्वस्त पारेका थिए । अर्को स्पिनर ललित नारायण राजबंशीले पनि पुलिसका लागि तीन विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको पुलिसको इनिङ्गसलाई दिपेन्द्रले नै सम्हालेका थिए । उनले दोश्रो विकेटका लागि अमित श्रेष्ठ (८) सँग ४३ रनको साझेदारी गरे भने अनिल साहसँग तेश्रो विकेटका लागि ६१ रन जोडेका थिए । दिपेन्द्रले ७६ बलमा ६८ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे ।

अनिलले ३९ बलमा चार चौकाको मद्दतमा ३१ रनब बनाए । पुलिसको इनिङ्गस उकास्ने काम भने ललित सिँह भण्डारीले गरेका थिए । उनले ४० बलमा ५० रन बनाउदै चार छक्का र दुई चौका हिर्काए । योगन्द्र सिँह कार्की (२९) र कुशल भुर्तेल (१७) ले पनि दोहोरो अंकमा रन बटुलेका थिए । सुदुरपश्चिमका लागि शेर मल्ल, बिनोद लामा र आकाश चन्दले ३–३ विकेट लिएका थिए ।

Click to comment

Trending