Headline

रमाइलो कुरा – बिनोद दाससँग

Published

on

पुर्व राष्ट्रिय टोलीका कप्तान बिनोद दास अहिले नेपाली अण्डर १९ टिमका प्रमुख प्रशिक्षक हुन् । बिनोद दास नियमित रुपमा रातो पुल स्थित नेपाल पुलिस स्कुलमा प्रशिक्षण दिन्छन् भने नेपाली ट्वान्टी ट्वान्टी लिगहरुमा फ्राञ्चाइजहरुको प्रशिक्षक पनि रहिसकेका छन् ।

दुई अण्डर १९ वल्र्डकपमा नेपाली टिमको कप्तानी गरेका दासले सन् २०१५ मा नेपाली क्रिकेटबाट सन्यास लिएका हुन् । दाससँग रमाइलो कुराकानीका लागि हामीले केही समय अघि उनीसँग प्रश्नोत्तर गरेका थियौं । हेरौ उनीसँगको रमाइलो कुराकानी

प्र. मन पर्ने क्रिकेट खेलाडी ?
उ. सचिन तेन्दुलकर

प्र. क्रिकेट भन्दा बाहिरका मन पर्ने खेलाडी ?
उ. रोजर फेडेरर

प्र. मन पर्ने हिरो ?
उ. हृतिक रोशन

प्र. मन पर्ने हिरोइन ?
उ. दिपिका पादुकोण

प्र. मन पर्ने फिल्म ?
उ. ब्रेभ हार्ट

प्र. मनपर्ने नेपाली ब्यान्ड ?
उ. नेपथ्य

प्र. मनपर्ने विदेशी ब्यान्ड ?
उ. विदेशी त्यस्तो कुनै फलो गर्दिन । नेपथ्य आफै पनि अन्तरास्ट्रिय स्तरमा नै चर्चित छ ।

प्र. क्रिकेटभन्दा बाहिर के मा रमाउनु हुन्छ ?
उ. साथीभाई तथा परिवारसँग

प्र. तपाईको निक नेम ?
उ. बडी

प्र. कुनै ग्याजेट्स र गाडी किन्ने इच्छा छ ?
उ. म ग्याजेट्स प्रेमी मान्छे हो । आहिलेको लागि आईफोन ११ प्रो म्याक्स

प्र. घुम्न जान मन लागेका स्थान ?
उ. पेरिस

प्र. क्रिकेटर नभएको भए ?
उ. काम नलाग्ने व्यक्ति

प्र. सेलिब्रेटी क्रस ?
उ. दिपिका पादुकोण

प्र. चिकेन म:म कि बफ म:म ?
उ. कुनै पनि । तर सिमित मात्रामा ।

प्र. नायक अथवा गायक, यी दुई मध्य के हुन चाहनुहुन्छ ?
उ. गायक दयनिय हुन्छ । त्यसैले नायक ।

प्र. कुनै सेलिब्रेटी अथवा ब्यक्ति जसलाई भेट्ने ईच्छा छ ?
उ. सचिन तेन्दुलकरलाई भेट्ने इच्छा थियो । त्यो पनि पुरा भयो अब सायद बिराट कोहली ।

प्र. पहिलो कमाई ?
उ. सन् १९९७ मा हंगकंगमा खेल्न जाँदा । २०० डलर पाएको थिएँ ।

प्र. महिनामा कति कमाउनु हुन्छ ?
उ. करिब ५० हजार

प्र. रमाईलो नेपाली क्रिकेट खेलाडी ?
उ. सन्जम रेग्मी

प्र. भावुक नेपाली क्रिकेट खेलाडी ?
उ. शरद भेषावाकर

प्र. क्रिकेटमा मिल्ने खेलाडी ?
उ. त्यस्तो कोही छैन । तर एक जनाको नाम लिन पर्दा कलाम अलि

प्र. पहिलो क्रस ?
उ. सोनाली बेन्द्रे

प्र. केटी फ्यानबाट लभ म्यासेज आउँछ ?
उ. आउँदैन थियो । एकजनाको आउँथ्यो जो सँग आहिले म बिबाहित छु ।

प्र. राजनीतिमा भएको भए पहिलो परिवर्तन के गर्नुहुन्थ्यो ?
उ. म आफैंलाई परिवर्तन गराउने थिए । अलि बढी कुटनीतिक हुने थिए ।

प्र. नेपाली राजनीतिज्ञलाई तपाईको केही सुझाब ?
उ. हामी सबैलाई थाहा छ के गर्न पर्छ भनेर । सबै मिलेर काम गरौं ।

Click to comment

Trending