Headline

धोनी बीसीसीआईको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ बाट बाहिर 

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा विकेट किपर महेन्द्र सिंह धोनीलाई भरतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आफ्नो सेन्ट्रल कन्ट्रयाक्ट (बार्षिक सम्झौता) बाट बाहिर निकालेको छ । बीसीसीआईले आगामी एक बर्षको लागि आज सार्वजनिक गरेको २७ खेलाडीको सुचीमा धोनीको नाम राखिएको छैन ।   
सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना भएको विश्वकप पछि भारतको लागि नखेलेका धोनीलाई अघिल्लो पटक बीसीसीआईले सेन्ट्रल कन्ट्रयाक्टमा समुह ए मा राखेको थियो । समुह ए मा परेर सेन्ट्रल कन्ट्रयाक्ट पाउने खेलाडीले बार्षिक पाँच करोड रुपैंया प्राप्त गर्ने गर्दछ । धोनीले लामो समय सम्म भारतका लागि नखेलेको र अबको भबिष्यका बारेमा पनि निर्णय नगरेको अवस्थामा बोर्डले उनको नाम हटाएको हो ।
भारतका कप्तान बिराट कोहली, उपकप्तान रोहित शर्मा र तिब्र गतिका बलर जस्प्रित बुम्रालाई ए प्लस समुहमा राखिएको छ । यस समुहको खेलाडीले एकमुस्ट सात करोड प्राप्त गर्नेछन् ।
समुह ए मा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्य रहाने, शिखर धवन, मोहम्मद शामी, इशान्त शर्मा, कुलदिप यादव, रिशब पन्त र केएल राहुल रहेका छन् । उनीहरुले पाँच करोड प्राप्त गर्नेछन् ।
समुह बी मा उमेश यादव, युज्वेन्द्र चाहल, हार्दिक पाण्डया, ऋद्धिमन साहा, मायाँक अगरवाल रहेका छन् भने सी मा केदार जाधव, मनिष पाण्डे, हनुमान बिहारी, नवदिप साइनी, दिपक चाहार, शार्दुल ठाकुर, श्रेयस ऐयर र वाशिंगटन सुन्दर रहेका छन् । बी र सी का खेलाडीहरुले क्रमसः तीन र एक करोड हात पार्ने छन् ।

Click to comment

Trending