Headline

इङ्गल्याण्डका बेन स्टोक्स भए आईसिसि बर्ष खेलाडी

Published

on

इङ्गल्याण्ड अलराउण्डर बेन स्टोक्सले आईसिसि बर्ष क्रिकेट खेलाडी घोषित भएका छन् ।

उनी इङ्गल्याण्डमै भएको बिश्वकपको फाइनलमा म्यान अफ द म्याच चुनिएका थिए भने एसेज टेस्टमा अविजित एक सय ३५ रन बनाउदै अष्ट्रेलियालाई तेश्रो एसेज टेस्टमा पराजित गर्न प्रमुख भुमिका खेलेका थिए ।

“पछिल्लो एक बर्ष मेरो क्रिकेट करिअरकै उत्कृष्ट १२ महिना थियो । हामी खेलाडी साथीहरुबीच निकै राम्रो सम्बन्ध रहेको छ । यस्ता उपलब्धिहरुसँगै हात पार्दा अझ धेरै आनन्द आउने गर्छ,” स्टोक्सले भने ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले बर्षेनी दिने पुरस्कार क्रिकेट बिश्वकै सबैभन्दा ठूलो पुरस्कार हो । स्टोक्स आईसिसिले घोषणा गरेको बर्षको टेस्ट टिम र एकदिवसीय टिम दुवैमा परेका छन् ।

अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्स बर्ष टेस्ट खेलाडी र भारतका ओपनर रोहित शर्मा उत्कृष्ट एकदिवसीय खेलाडी घोषित भएका थिए । यस्तै कायल कोट्जर एशोसिएट बर्ष खेलाडी भए । भारतीय कप्तान बिराट कोहलीले स्पिरिट अफ क्रिकेट पुरस्कार पाए ।

कोहलीले बिश्वकपका दौरान अष्ट्रेलियन ब्याट्स्म्यान स्टिभन स्मिथलाई भारतीय समर्थकहरुले उनको बिरुद्धको सांकेतिक आवाज निकालेपछि दर्शकहरुलाई ताली बजाएर समर्थन गर्न लगाएका थिए । स्मिथ बल ट्याम्परिङ्ग काण्डमा मुछिएको एक बर्षपछि इङ्गल्याण्डमा खेलिरहेका थिए ।

Click to comment

Trending