Headline

आर्मी राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा

Published

on

प्रदेश ३ लाई ६४ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब एमएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इनरुवा रँगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा गौतम केसीले चार विकेट लिएपछि आर्मी ४६ दशमलव ३ ओभरमा २ सय १६ रनमा अलआउट भयो । जवाफमा प्रदेश ३ ३८ दशमलव १ ओभरमा एक सय ५२ रनमै समेटियो । फाइनलमा अब आर्मीले बिहिबार हुने नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीको दोश्रो सेमिफाइनल बिजेतासँग खेल्नेछ ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको आर्मीले खराब शुरुवात गरेको थियो । उसले १४ रनमै पहिलो दुई विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल मण्डल र रोहित कुमार पौडेलले ६२ रनको साझेदारी गर्दै आर्मीलाई सम्हालेका थिए । रोहितले ३७ बलमा चार चौकाको मद्दतमा २९ रन बनाए ।

आर्मीले ओपनर ३९ रनको अन्तरमा ओपनर अनिलसहित चार विकेट गुमाएपछि १ सय १५ रनमा ६ विकेटको नाजु स्थितिमा पुगिसकेको थियो । कुशल मल्लले केही आकर्षक शटहरु खेल्दै २६ बलमा ३७ रन र तल्लो क्रमका ब्याट्स्म्यानहरुको योगदानमा आर्मीले सम्मानजनक योगफल खडा गरेको थियो ।

कुशलले चार चौका र दुई छक्का प्रहार गरे भने अनिलले ७३ बलमा तीन चौकाको मद्दतमा ४३ रन बनाएका थिए । यस्तै बिक्रम सोबले ३३ बलमा २४ रनको योगदान दिए । गौतमले ७ दशमलव ३ ओभरमा मात्र २२ रन खर्चेका थिए । यस्तै तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डेले पनि दुई–दुई विकेट लिएका थिए ।

प्रदेश ३ ले ओपनर रित गौतमलाई पहिलो बलमै गुमाएपछि दवाबमा आएको थियो । कप्तान सुबाष खकुरेल (१५) र इशान (१७) ले दोहोरो अंकमा रन जोडेपनि निरन्तरता दिन सकेनन् । ७३ रनमै ७ विकेट गुमाउन पुगेको प्रदेश ३ का लागि सोनु तामाङले आक्रमक ब्याटिङ्ग गर्दै ७५ बलमा ७४ रन जोडेपछि प्रदेश ३ को लाज बचेको थियो ।

सोनुले सुशन भारी श्रेष्ठले तीन र शाहब आलमले दुई विकेट लिएका थिए । म्यान अफ द म्याच कुशलले पनि एक विकेट लिएका थिए ।

Click to comment

Trending