Headline

रोनाल्डो र मेस्सीपछि यो दशक फुटबलमा राज गर्न सक्ने ११ खेलाडी

Published

on

जब २०१० को दशक चलिरहेको थियो लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोले फुटबलमा एक छत्र राज गरे भन्दा केही फरक पर्दैन ।फरक पर्ने करण नि छैनन किन कि जब उनीहरुले प्रतिभाको साथ प्रभुत्व जमाए अरु कोही खेलाडी नजिक पनि आउन सकेनन ।

तर समय बादलिएको छ । ३४ बर्षे युभेन्टसका फर्वार्ड रोनाल्डो र ३२ बर्षे बर्सिलोना स्टार मेस्सी अब धेरै समय खेल्ने छैनन । हामी सँगै संसारले सोच्ने एउटै कुरा छ, त्यो हो अब कस्ले यि दुईको स्थानमा राज गर्ने छन त ? यो लेख बिबिसीका लेखक र पंडितहरूको बिचारमा कुन खेलाडीले अबको १० बर्ष फुटबलमा आफ्नो राज जमाउने छन त भन्ने बिषयमा नै आधारित छ ।

किलियन एमबाप्पे (पेरिस सेन्ट जर्माइन र फ्रान्स)

जन्म मितिः २० डिसेम्बर, १९९८
पोजिसनः फर्वार्ड

बीबीसी खेल प्रमुख फुटबल लेखक फिल म्याकनल्टी: एमबाप्पे केवल २१ वर्षको छन् । उनी फ्रान्सको लागि २०१८ को विश्वकप विजेता हुन् र फुटबलको महान युवा स्टार । तिब्र गति र प्राकृतिक गोल स्कोररको शैली भएका उनलाई नजरअन्दाज गर्न असम्भव छ । अबको दशकमा उनी फुटबलको महान हस्ती हुनेछन् भन्नेमा कुनै दुईमत छैन ।

मेस्सी र रोनाल्डोले छोड्ने ताजको उनी प्राकृतिक उत्तराधिकारी जसको नजर अब धेरै ठूला पुरस्कारहरुमा हुनेछ । एमबाप्पे हाल पेरिस सेन्ट जर्माइनमा छन् । उनी आफ्नो नेतृत्वमा पिएसजीलाई च्यम्पियन्स लिगको ताज पहिराउन चाहन्छन । तर उनको वस्तविक मुल्यको प्रदर्शन उनले क्लब छोडे पछि मात्र थाहा हुने छ । सम्भवतः अर्को समर विन्डोमा उनी रियल म्यड्रिड जने छन । एम्बाप्पे तिनै खेलाडी हुन् जो अहिलेका रियल म्याड्रिड व्यबस्थपक जिदान जिदानको आँखामा पहिले नै परी सकेका थिए।

यूरोपीयन फुटबल लेखक क्रिस्टोफ टेरुर: एमबाप्पे शिर्ष स्थानमा पर्ने नै खेलाडी हुन् किन भने उनी अहिले नै त्यो स्थानमा पुगिसकेका छन् । उनी पहिले नै संसारको सर्वश्रेष्ठ खेलाडी मध्ये एक भइसकेका छन्, त्यो पनि युवा अवस्थामै । उनले फ्रन्सलाई २०१८ को विश्वकप मात्र जिताएनन् पिएसजीको टिममै पनि उनको दबदबा कायम नै छ । यो लय उनले च्यम्पियन्स लिगमा देखाउने हो भने पिएसजीले कप आफ्नो बनाउन सक्छ । २०२० को युरो कपले पनि उनलाई बालोन डिओर को नजिक पुराउने छ ।

संसार पहिले नै उनको पाउमा छ । स्टार हुने घमण्ड चढे मात्र उनलाई यो सबै लिनबाट रोक्न सक्छ । उनी मेस्सी र रोनाल्डोको विरासत लिनको लागि सबै कुरामा योग्य छन –– गति, कौशल र गोल गर्ने शैली ।

पूर्व म्यानचेस्टर सिटी डिफेंण्डर मिकाह रिचर्ड्स: मेस्सी र रोनाल्डोको यो युग सकिएपछि एमबाप्पेले नै फुटबलको सबैभन्दा ठूला पुरस्कार संकलन गर्नेछन् । मलाई लाग्दैन उनले मेस्सी र रोनाल्डो जती गोल गर्लान भनेर । उनीहरुको गोलसंख्या अचम्म लाग्दो नै छ । मैले करिअरको उच्च लयमा हुँदा देखेको थिएरी हेन्री र एकबाप्पेमा केही भिन्नता देख्दिन ।

यति सानो उमेरमै यो स्तरमा खेलेर उनले केही न केही सन्देश त दिइ नै सकेका छन् । जब सर्जियो अगुएरोले सिटी छोड्ने छन तब सिटीलाई अवश्य अर्को फर्वार्ड चाहिनेछ । मेरो बिचारमा ति फर्वार्ड ग्याब्रियल जिसस र किलियन एमबाप्पे हुन् । १५० मिलियन पाउण्ड नै तिर्नु पर्ने भएपनि म एमबाप्पेलाई नै रोज्नेछु ।

जाओ फेलिक्स (एट्लेटिको म्याड्रिड र पोर्चुगल)

जन्म मितिः १० नोभेम्बर १९९९
पोजिसनः फर्वार्ड

स्पेनिश फुटबल लेखक गुलेम बालागी: २० बर्षका जाओलाई एटलेटिको म्याड्रिडले जुलाईमा बेनिफिकाबाट क्लबको किर्तिमानी मुल्य ११३ मिलियन पाउण्डमा ल्याएको थियो । एक युवा खेलाडी जसले ४३ चोटि मात्र फस्ट टिमको खेलहरू मात्र खेलेको थिए विश्वको तेस्रो उच्च ट्रान्स्फर शुल्कमा आएका थिए । उनको एट्लेटिकोमा शुरूवात चोटपटकले रोकियो र आफ्नो सबैभन्दा प्रभावकारी भूमिकामा खेल्न सकेनन् । तर एट्लेटिको प्रशिक्षक डिएगो सिमिओनेले अहिले भने आफू अनुरुप खेल्न बढी स्वतन्त्रता दिन थालेको छन् ।

बीबीसी खेल प्रमुख फुटबल लेखक फिल म्याकनल्टी: जाओलाई पहिले नै पोर्चुगलले रोनाल्डोको उत्तराधिकारीको रूपमा तयार गरिरहेको थियो । उनी दुबईमा प्रतिष्ठित गोल्डेन बोइ अवार्ड बाट पनि सम्मानित भए । एक प्रतिभाशाली आक्रमण गर्न सक्ने यो खेलाडीलाई एटलेटिकोले गत सिजन आफ्नो टोलीमा सुरक्षित गर्न कडा प्रतिस्पर्धा नै गरेको थियो । सिमिओनेको अगुवाईमा जाओ अझ राम्रो हुन सक्छन् । एमबाप्पे जस्तै जाओसँग क्लब र देशको लागि सबैभन्दा ठूला मञ्च सजाउने प्रतिभा छ ।

जेडन सान्चो (बोरुसिया डार्टमन्ड र इङ्ल्यान्ड)

जन्म मितिः २ मार्च, २०००
पोजिसनः विङ्गर

पूर्व टोटेनहम मिडफिल्डर जर्माइन जेनास: यो सुचिमा सान्चो हुनै पर्छ किनभने उनले बोरुसिया डार्टमन्डका लागि उत्कृष्ट काम गरेका छन् । म उनलाई हेरिरहेको छु । गोल, असिस्ट र आकाश छुने आत्मबिश्वासले उनी धमाका मचाइरहेका छन् । उनले अब के गर्नु पर्छ ? उनले त निरन्तर हरेक हप्ता एक खाले प्रदर्शन दिदै आएका छन् । गोल गर्न नसके पनि उनी आफ्नो प्रभाव खेलमा देखाउने गर्छन् ।
केही ठूला खेलहरूमा डार्टमन्डका लागि उनले यस वर्ष सोचिएको जति नगरेका होलान् । यो बिषयलाई लिएर प्रश्न चिन्ह उठ्न सक्छ । उनी आफ्नो अनुशासनको कुरामा डराउन आवश्यक देखिन्छ र यसमा ध्यान दिने हो भने उनी एक विशेष खेलाडी जस्तो देखिन्छन् ।

अन्सू फाती (बार्सिलोना र स्पेन अण्डर–२१)

जन्म मितिः ३१ अक्टोबर २००२
पोजिसनः विङ्गर

स्पेनिश फुटबल लेखक गुलेम बालागी: तिब्र गति, बलका एक उत्कृष्ट ड्रिब्लर, शान्दार फिनिशर र उनको कलिलो उमेरलाई पनि चक्मा दिनसक्ने खेलप्रतिको दृष्टिकोण र बुझाई, १७ बर्षीय फातीको कथा हलिवुडका कुनै पटकथा लेखकले लेखे जस्तो छ ।

गिनी बिसौबाट आएका एक आप्रवासीका छोरा फाती छ वर्षको हुँदा आफ्नी आमा र भाइसँग सेभिल आइपुगेका थिए । उनका बुवा पहिले नै कामको खोजीमा स्पेन आइसकेका थिए । शुरुदेखि नै एक स्पष्ट प्राकृतिक प्रतिभा फातीलाई बार्सिलोनाले उसको ला मासिया एकेडेमीको लागि मात्र १० वर्षको उमेरमा अनुबन्धन गरेको थिया ।

यो सिजन बार्साका लागि बैकल्पिकमा नखेलेर सिधै पहिलो रोजाइको टिममै परेका थिए । १७ बर्षको उमेरमै बार्सिलोनाको पहिलो टिमका लागि एकै खेलमा असिस्ट र गोल दुवै गर्ने सबैभन्दा कान्छा खेलाडी भएका फाती सबैभन्दा कान्छा च्याम्पियन्स लिग खेलाडी पनि बन्न पुगे ।
फातीको खेल लिओनल मेस्सी उनको उमेर हुँदा जसरी खेल्ने गर्थे त्यस्तै छ । बार्साले उनलाई रिलिज गर्न १७० मिलियन युरो मुल्य तोकेको छ । यही उनले पूर्ण व्यावसायिक सर्तमा हस्ताक्षर गर्छन भने ४०० मिलियन युरो सम्म पुग्ने छ ।

ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्ड (लिभरपूल र इङ्गल्यान्ड)

जन्म मितिः ७ अक्टोबर १९९८
पोजिसनः राइट ब्याक

बीबीसी खेल प्रमुख फुटबल लेखक फिल म्याकनल्टी: आक्रमक खेलले ग्ल्यामर पस्कने २१ बर्षे एलेक्जेण्डर–आर्नोल्डमा लिभरपूलसँग दोहोरो भुमिकामा खेल्ने सक्ने खेलाडी रहेको छ । उनी डिफेन्समा दक्ष त छन् नै आक्रमणमा उत्तिकै विनाशकारी पनि । उनको बिशेषता भनेको फराकिलो स्थानबाट पास निकाल्न सक्नु हो जसले लिभरपुललाई धेरै गोलहरु दिएको छ ।

एलेक्जेण्डर–आर्नोल्डले लिभरपुलसँग च्यम्पियन्स लिग जितिसकेका छन् भने युरो कपका लागि पनि उनी उदीयमान स्टार खेलाडी हुन सक्छन् भन्दा फरक नपर्ला । वास्तवमा, एलेक्जेण्डर–आर्नोल्डको पास, रचनात्मकता देखि गोल गर्न सक्ने क्षमता यस्तो छ कि उनी कुनै समय विश्वस्तरीय मिडफिल्डरको रूपमा अगाडी आए यो कुरामा अचम्म मान्नु पर्दैन।

काइ हाभर्ट्ज (बायर लेभरकुसन र जर्मनी)

जन्म मितिः ११ जुन १९९९
पोजिसनः मिडफिल्डर

यूरोपीयन फुटबल लेखक क्रिस्टोफ टेरुर: जर्मनीमा केही लामो समय यता नदेखिएका प्रतिभा मध्ये एक पर्दछन् हाभर्ट्ज । एक विशेष खेलाडी र उच्च फुटबलको ज्ञानसहित लाइनमा उत्कृष्ट खेल देखाउने गर्दछन् हाभर्ट्जले । २० बर्षको उमेरमा उनले बुन्डेस्लिगामा १०० भन्दा बढी खेलहरू खेलिसकेका छन् र उनीसँग सबै किसिमका पास रहेको छ ।

लेभरकुसनको मिडफिल्डमा हाभर्ट्जबाट यो सिजन त्यस्तो ठोस केही निस्कन सकेन । तर केभिन डि ब्रुनलाई हेर्ने हो भने केही खेलाडीहरूबाट उत्कृष्टता ढिलो निस्कने गर्दछ भन्न सकिन्छ । हाभर्ट्ज निकट भविष्यमा एक उत्कृष्ट मिडफील्ड बन्न सक्छन् र एक शिर्ष क्लबको अनुबन्धन उनी नजिक रहेको छ ।। बायर्न म्युनिखले उनीमाथि राम्रै आखा गाडेको छ ।

फिल फोडेन (म्यानचेस्टर सिटी र इङ्गल्याण्ड अण्डर–२१)

जन्म मितिः २८ मे २०००
पोजिसनः मिडफिल्ड

पूर्व म्यानचेस्टर सिटी डिफेण्डर मिकाह रिचर्ड्स: प्रतिभा अनुसार उनी प्रिमियर लिगका सबै भन्दा प्रतिभावान युवा खेलाडी हुन् । मसँग उनको लागि एक मात्र प्रश्न छ यदि उनी सानो टिममा ग एभने के उनी यत्तिकै राम्रो देखिएलान ? आशा गरौं यो दिन आउने छैन । उनले आफ्नो पूर्ण विकासका लागि अझ खेल्नु पर्छ र धैर्य पनि हुनुपर्छ । यदि उनी २१ वा २२ वर्षको उमेर सम्म २० भन्दा अधिक प्रिमियर लिग खेलहरू खेलिरहेका छैनन् भने सानो टिममा जादा केही फरक नपर्ला ।

तर अहिले मलाई लाग्छ आफ्नो विकासका लागि उनी सबैभन्दा उपयुक्त प्रबन्धकको साथ छन् । केभिन डी ब्रुन, डेभिड सिल्भा र बर्नार्डो सिल्भाबाट उनले धेरै सिक्न सक्छन् । फोडेन जति लामो समय सिटीमा रहन्छन् उनले पेप ग्वार्डियोला शैलीको खेल खेल्नेछन् र यसले उनलाई विश्वकै सर्वश्रेष्ठ मिडफिल्डर बनाउन मद्दत गर्नेछ ।

रोद्रिगो (रियल म्याड्रिड र ब्राजील)

जन्म मितिः ९ जनवरी २००१
पोजिसनः विङ्गर

यूरोपीयन फुटबल लेखक क्रिस्टोफ टेरुर: सेप्टेम्बरमा ओसासुना बिरूद्ध रियल म्याड्रिडका लागि डेब्यु गर्दा रोद्रिगोले सब्स्टिच्युट खेलाडीको रूपमा प्रवेश गरेको ९४ सेकेन्डमै गोल गरे । त्यसपछि उनले रियलको रिजर्भको लागि अर्को खेल खेले तर जिदानले उनलाई पहिलो टिममै पदोन्नति गराए । उनी टोलीमा राख्न धेरै गुण भएका खेलाडी हुन।

दुवै खुट्टा उत्तिकै राम्ररी चलाउन सक्ने रोद्रिगो अप्रत्याशित गोलहरू गर्न सक्छन् । च्याम्पियन्स लिग समूह चरणमा गालातासारे बिरूद्ध ह्याट्रिक गरेपछि त झन उनलाई लिएर उत्साहका साथै धेरै अपेक्षा पनि गरिएको छ । ठूलो टिमबाट खेल्दा दवाब अवश्य पनि हुन्छ नै तर रोद्रिगो अहिलेसम्म परिवर्तन भएका छैनन् । शान्त र लजालु रोद्रिगो प्रशिक्षणमा पनि स्तरीयता देखाउछन् । आफ्ना साथी खेलाडीहरूबाट सिक्न सधै आतुर रहने रोद्रिगोलाई रियलको ड्रेसिंग रुपमा उच्च दर्जाका साथ हेर्ने गरिन्छ ।

मेसन ग्रिनउड (म्यानचेस्टर यूनाइटेड र इङ्गल्यान्ड अण्डर–२१)

जन्म मितिः १ अक्टोबर २००१
पोजिसनः फर्वार्ड

पूर्व म्यानचेस्टर सिटी डिफेंडर मिकाह रिचर्ड्स: ग्रिनउड अन्य भन्दा अलि फरक छन् भन्ने भान हुन्छ । जब उत्साहजनक युवा खेलाडीहरू दृश्यमा आउछन् उनीहरु प्रायः कच्चा हुन्छन् । तर ग्रिनउड त्यस्तौ छैनन् । पहिले नै उनी निकै संयमित देखिन्छन् । उनीमा गोलको भोक छ, निडर देखिन्छन् र लाग्छ ठूलो समयको लागि बनेका हुन् । जब मानिसहरूले मलाई सब भन्दा राम्रो युवा खेलाडीहरूको बारेमा सोध्छन्, म सधैँ वेन रुनी भन्छु । यस्ता युवा खेलाडीहरु बिछट्टै हुन्छन् करोडौ मध्ये एक ।

ग्रिनवुडले आफूलाई अझपनि त्यो स्तरमा देखाएका छैनन् तर उनको उमेरको तुलनामा उनले धेरै परिपक्वता देखाउँदै छन् । पुरा ध्यान फुटबलमै मात्र केन्द्रित गर्ने हो भने उनी आफुलाई अझै माथि लिएर जान सक्षम छन् ।

फेरान टोरेस (भ्यालेन्सिया र स्पेन अण्डर–२१)

जन्म मितिः २ फेब्रुअरी २०००
पोजिसनः विङ्गर

स्पेनिश फुटबल लेखक गुलेम बालागी: भ्यालेन्सिया एकेडेमीबाट उत्खनन् गरिएका सुनको टुक्रा हुन टोरेस । उनी आफ्नो क्षमतामा यति विश्वस्त थिए कि टोरेसले पहिले नै आफ्नो भाग्य अरु कुनै क्लबमा खोज्ने भ्यालेन्सियालाई बताएका थिए । तर भाग्यवस भ्यालेन्सियाले उनलाई त्यही बस्न मनायो र १९ वर्षमै उनले ५० भन्दा बढी खेलमा पहिलो टोलीमा स्थान बनाए । उनको उमेरका खेलाडीका लागि यो एक क्लब किर्तिमान हो ।

उनले आफूलाई भ्यालेन्सियामा पक्कै पनि सबैभन्दा महत्वपूर्ण युवाको रूपमा स्थापित गरेका छन् र मेस्टालामा हाल कुनै पनि उमेरको सबैभन्दा महत्वपूर्ण खेलाडी उनी नै हुन् भनेर धेरैले विश्वास गर्छन् । टोरेस ४–४–२ को फर्मेसनमा छरिएर खेल्ने गर्छन् । एक प्राकृतिक गोल स्कोरर टोरेस छरितो छन् र हरेक दिन राम्रो हुदै गइरहेका छन् ।

डेले अल्ली (टोटेनह्याम र इङ्गल्यान्ड)

जन्म मितिः ११ अप्रिल १९९६
पोजिसनः मिडफिल्डर

पूर्व टोटेनह्याम मिडफिल्डर जर्माइन जेनास: होजे माउरिन्हो टोटेन्ह्यामको व्यवस्थापक रहेको समयमा डेले अल्ली अर्को स्तरमा छलाङ मार्न सक्छन् । चेल्सीमा फ्रांक लाम्पार्डको मानसिकतामा जसरी परिवर्तन ल्याए त्यै काम माउरिन्होले डेलेमा गर्नसक्छन् । मनोरञ्जन गर्ने, रमाईलो गर्ने र अनौंठो गोल गर्ने खेलाडीमा मानसिक परिवर्तन ल्याउनका लागि सही व्यवस्थापकको आवश्यकता पर्दनछ । यसको लागि डेलेसँग अहिले माउरिन्हो छन् । माउरिन्होले उनलाई पुरै बदल्ने कोशीस गर्नेछन । माउरिन्होसँग खेलाडहरु क्लबमा लिएर जाने इतिहास छ र उनको योजना पनि त्यस्तै छ । डेलेलाई चाहिएको पनि त्यही नै हो ।

Click to comment

Trending