Headline

भारत बिरुद्ध अस्ट्रेलिया : भारतको लज्जास्पद हार 

Published

on

अस्ट्रेलियाका ओपनरद्वय आरोन फिन्च र डेभिड वार्नरले शतक प्रहार गरे पछि भारतले पहिलो एकदिवसीय खेलमा १० विकेटको लज्जास्पद हार ब्यहोरेको छ । यससँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब एक ओभरमा अलआउट हुन पुग्यो र २५५ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले ३७ दशमलब चार ओभरमा बिना विकेटको क्षतीमा जीत आत्मसाथ गर्यो ।
अस्ट्रेलियाको जीतमा अविजित रहेका वार्नर र फिन्चले क्रमसः १२८ र ११० रन प्रहार गरे ।  एकदिवसीयमा आफ्नो १८औं शतक प्रहार गर्ने क्रममा वार्नरले मात्र ८८ बलको सामना गरे भने १६औं शतक प्रहार गर्ने क्रममा फिन्चले १०८ बल खेले । अस्ट्रेलियालाई सहज जीत दिलाउने क्रममा ११२ बल खेलेका वार्नरले १७ चौका र तीन छक्का प्रहार गरे भने फिन्चले ११४ बलमा १३ चौका र दुई छक्का हाने ।
यस अघि ओपनर रोहित शर्मा १५ बलमा १० रन बनाउँदै खराब शुरुवात गरेको भारतलाई मध्यम स्कोर तर्फ लग्ने क्रममा अर्का ओपनर शिखर धवन र केएल राहुलले १२३ रनको शाझेदारी गरे ।
भारतको तर्फबाट सर्वाधिक रन जोडेका धवनले ९१ बलमा नौं चौका र एक छक्काको मद्धतमा ७४ रन बनाए भने राहुलले पनि ४७ रनको पारी खेले । भारतले लगातार अन्तरमा धवन र राहुल बाहेक कप्तान बिराट कोहली १६ रन तथा श्रेयस ऐयर चार रनलाई सानो योगफलमा खुम्चिने देखियो । तर विकेट किपर रिशब पन्त र रविन्द्र जडेजाले क्रमसः २८ र २५ रन जोड्दै भारतलाई सम्मानजनक स्कोर तर्फ लिएर गए ।
शुरुवात राम्रो गरेता पनि मध्यमा भारतको पारी धोस्त पार्ने क्रममा मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए भने प्याट कमिन्स र केन रिचर्डसनले पनि समान २-२ विकेट हात पारे ।

Click to comment

Trending