Headline

कास्कीलाई थ्रि बाई थ्रि वेष्ट अन्तर्गत पोखरा लेगको उपाधि

Published

on

कास्की बास्केटबल संघको टोलीले लि–निङ्ग थ्रि बाई थ्रि वेष्ट अन्तर्गत पोखराको उपाधि जितेको छ ।

पोखरा रँगशालाको बास्केटबल कोर्टमा भएको खेलमा कास्कीले रामघाटलाई १६–१४ ले हराएको छ । दुवै टोलीले अब धनगढीमा हुने प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पोखरा लेग पछि थ्रि बाई थ्रि वेष्ट बुटवल र धनगढीमा पनि हुनेछ ।

बुटवल लेग माघ ४ गते हुनेछ भने धनगढी लेग माघ ६ गते सम्पन्न हुनेछ । दुवै शहरबाट फाइनल पुग्ने दुई–दुई टोली माघ ८ र ९ गते हुने फाइनलमा भिड्नेछन् । फाइनलको बिजेता र उपबिजेताले नगदर रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा सहभागि टोलीहरुलाई डबल एलिभिनेसन राउण्डमा खेलाइएको थियो । यङ्ग ब्रदर्श र एलसि ब्रदर्श सेमिफाइनल पुग्ने अन्य दुई टोली रहेका थिए । सेमिफाइनलमा कास्कीले यङ्ग ब्रदर्शलाई २१–१७ र रामघाटले एलसि ब्रदर्शलाई १७–१५ ले पराजित गरेका थिए ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि एनबिएल इस्टको पनि आयोजना गरेको थियो । एनबिएलले थ्रि बाई थ्रि सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

Click to comment

Trending