Headline

आर्चरलाई तथानाम भन्ने फ्यानलाई कारबाही 

Published

on

इंग्ल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चरलाई जथाभाबी अपशब्द बोल्दै तथानाम भन्ने न्युजिल्यान्डका समर्थकलाई दुई बर्षको प्रतिबन्ध लागेको छ ।
गत नोभेम्बरमा इंग्ल्यान्ड र न्युजिल्यान्ड बीचको टेस्टका क्रममा आर्चरलाई जातीय हिसाबले गालीगलोच गरेको भन्दै बोर्डलाई दुई बर्षका लागि ती समर्थकलाई प्रतिबन्ध लगाएको हो । अब उनले न्युजिल्यान्डकाको कुनै पनि घरेलु तथा अन्तरास्ट्रिय खेलहरुमा मैदानमा गएर समर्थन अथवा हेर्ने पाउने छैनन् ।
आर्चरले माउन्ट मौनगनुई बे ओभलमा भएको खेलको अन्तिम दिन एक समर्थकले आफुलाई जातीय हिसाबले गालीगलोच गरेको र अपशब्द बोलेको जनाएका थिए । प्रहरीले यसको छानबिन गर्दै २८-बर्षिय ती समर्थकको नाम छानबिन गरि पत्ता लगाएको हो ।
न्युजिल्यान्डका क्रिकेट बोर्ड र न्युजिल्यान्डका प्रहरीले ती समर्थकको नाम भने सार्वजनिक गरेको छैन ।यस बिषयमा ती समर्थकलाई यस बारेमा कुरा गर्दा उनले आफ्नो गल्ती स्वीकारेका थिए । उनले माफी पनि मागेका कारण उनको नाम सार्वजनिक नगरिएको बोर्डले जनाएको छ ।
आर्चरलाई अपशब्द बोल्ने समर्थकले आफ्नो गल्ती स्वीकारेकाले हाल उनलाई दुई बर्षको लागि मात्र प्रतिबन्ध लगाएको तथा भविष्यमा उनले कारबाहीको उल्लंघन गरेको भेटिएमा प्रहरीमा मुद्धा दायर गरिने न्युजिल्यान्डका प्रबक्तालाई जनाए ।
उक्त घटनालाई आर्चरले बाधा पुर्याउने खालको घटना भनेका थिए भने न्युजिल्यान्डकाका कप्तान केन विलियमसनले भयाबहकको संज्ञा दिएका थिए ।

Click to comment

Trending