Headline

सन्यास फिर्ता लिएका ब्राभो वेस्ट इण्डिज टोलीमा 

Published

on

अलराउण्डर ड्वयन ब्राभो अन्तरास्ट्रिय क्रिकेटमा फर्कने भएका छन् । सन् २०१८ को अन्त्यमा अन्तरास्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका ब्राभो फेरी अन्तरास्ट्रिय खेल्ने भएका हुन् ।
सन्यासको घोषणा गरेता पनि गत डिसेम्बर उनले आफु अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी शृंखलाका लागि खेल्न तयार भएको जनाएका थिए । त्यसै अनुरुप वेस्ट इण्डिज क्रिकेट बोर्डले उनलाई घरेलु टोली आयरल्याण्ड बिरुद्ध आयोजना हुने ट्वान्टी ट्वान्टी शृंखलाका लागि टोलीमा समावेस गरेको हो ।
पछिल्लो पटक सन् २०१६ मा वेस्ट इण्डिजका लागि ट्वान्टी ट्वान्टी खेलेका ३६ बर्षिय ब्राभोले सन्यास घोषणा गरेता पनि गत बर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना भएको एकदिवसीय टोलीको बैकल्पिक खेलाडीको सुचीमा समावेस गरेको थियो ।
घरेलु टोली आयरल्याण्ड र वेस्ट इण्डिज बीचको तीन खेलको शृंखला बुधबारबाट शुरु हुनेछ ।
आयरल्याण्ड बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखलाका लागि वेस्ट इण्डिज टोली 
कैरन पोलार्ड (कप्तान), ड्वयन ब्राभो, शेल्डन कोट्रेल, शिम्रोन हेट्मायर, ब्रान्डन किङ, एविन लेविस, खार्य पिएर्रे, निकोलस पुरन, रोभम्यान पावेल, शेर्फान रुथफोर्ड, लेन्ड्ल सिमोन्स, हेडेन वाल्स जुनियर

Click to comment

Trending