Headline

बार्साका प्रशिक्षक बर्खास्त, रियल बेटिसका सेटिनले क्लब सम्हाल्ने

Published

on

लगातार चित्त नबुझ्दो प्रदर्शन देखिन थालेपनि बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेको छ । बर्खास्त गरे लगत्तै बार्साले टिमको नियन्त्रण रियल बेटिस प्रशिक्षक क्विके सेटिनलाई दिएको छ ।

५५ बर्षीय भालभर्डेले बार्सालाई लगातार दुई स्पेनिस ला लिगको उपाधि जिताएका थिए भने अहिले टोली गोल अन्तरका आधारमा लिगको अग्रस्थानमा रहेको छ । तर भालभर्डेको आगमनपछि बार्सिलोनाको प्रदर्शन त्यति चित्त बुझ्दो देखिदैन । बार्सा गत सिजनको च्याम्पियन्स लिग फाइनल प्रवेश गर्न चुकेको थियो ।

सेटिनले बेटिसलाई कोपा डेल रेको सेमिफाइनल सम्म पुगाए भने सन् २००५ पछि लिगमा सबैभन्दा राम्रो नतिजा दिलाएका थिए । उनले बार्साका लागि साढे दुई बर्षको सम्झौता गरेका छन् ।

बार्सा गत सिजनको च्याम्पिन्स लिग सेमिफाइनलको पहिलो लेगमा ३–० को अग्रता लिदा लिदै लिभरपुलसँग पराजित हुन पुगे लगत्तै भालभर्डेको समस्या शुरु हुन थालेको थियो । त्यही बर्ष कोपा डेल रेको फाइनलमा बार्सा भ्यालेन्सियासँग पराजित हुन पुग्यो । यो सिजन पनि बार्सा कोपा डेल रे को सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएको थियो ।

जारी सिजनको आधा यात्रा तय गर्दासम्म भालभर्डेले क्लबलाई शिर्ष स्थानमा कायमै राखेपनि पछिल्लो १५ बर्ष देखि बार्साले खेल्दै आएको शैली कहिले काही मात्र देखिन थालेपछि टिम व्यवस्थापान भालभर्डेको भविष्य सोच्न थालिसकेको थियो ।

Click to comment

Trending