Headline

बीसीसीआईको दादागिरी, ताम्बेलाई आईपीएल खेल्नबाट प्रतिबन्ध

Published

on

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भेट्रान लेग स्पिनर प्रविन ताम्बेलाई आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) खेल्नबाट प्रतिबन्ध लगाएको छ । ताम्बेले अबुधबी टि-१० लिग खेलेको भन्दै बीसीसीआईले मार्च २९ मा शुरु हुने आईपीएल खेल्नबाट प्रतिबन्ध लगाएको हो ।
बीसीसीआईले आफ्ना खेलाडीहरुलाई आईपीएल बाहेक विश्वमा संचालन हुने कुनै पनि फ्रेन्चाइज लिग खेल्न प्रतिबन्ध लगाएको छ । यदि उसले खेल्न परेमा सन्यास घोषणा गरेको हुन पर्ने नियम छ । ताम्बेले नोभेम्बरमा अबुधबीमा सम्पन्न भएको अबुधबी टि-१० लिग खेलेका थिए ।
सन् २०१३ मा ४१ वर्षको उमेरमा आईपीएल खेलेका ताम्बेलाई आगामी संस्करणका लागि कोलकत्ता नाइट राईडर्सले न्युनतम मुल्य २० लाखमा आफ्नो टोलीमा समावेस गरेको थियो । गत डिसेम्बरमा कोलकत्तामा लिएसँगै आईपीएलको इतिहासमा बिक्री हुने सबैभन्दा बढी उमेरको खेलाडीको किर्तिमान पनि राखेका थिए ।
हाल सम्म ताम्बेले ३३ खेल खेल्दै २८ विकेट आफ्नो नाममा लेखाएका छन् ।

Click to comment

Trending