Headline

दवाबमा राख्दा पनि च्यासल एपीएफसँग अंक बाड्न बाध्य

Published

on

च्यासल युथ क्लब र बिभागीय टोली नेपाल एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन ।

पुरै खेलमा एपीएफलाई दवाबमा राखेपनि गोल गर्न नसकेको च्यासल पहिलो पाँच स्थान नजिक पुग्ने मौकाबाट चुक्यो । च्यासलको ६ खेलबाट ६ अंक सहित १० औं स्थानमा छ । पाचौं स्थानमा रहेको जावलाखेल युथ क्लबको ६ खेलबाटै ९ अंक रहेको छ ।

एपिएफ ६ खेलबाट पाँच अंक जोड्दै ११ औं स्थानमा रहेको छ । शिर्ष स्थानका लागि निकै प्रतिस्पर्धा रहेको अंक तालिकामा मच्छिन्द्र १३, त्रिभुवन आर्मी क्लब र मनाङ्ग मस्र्याङ्गदी समान १२ र चौथो स्थानको थ्रि स्टारको १० अंक रहेको छ । आर्मीले एक खेल कम खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलमा च्यासलले बल पोजेसनमा एकतर्फी खेल देखाए पनि प्रत्येक पटक चुकेको थियो । शुरुवाती आक्रमण भने एपीएफले ग¥यो । १६ औं मिनेटमा नबिन लामाको कर्नरमा आएको बलमा राजन गुरुङको उत्कृष्ट हेडर च्यासलका गोलरक्षक एलेन न्यौपानेले पञ्च गर्दै बचाए ।

चार मिनेटपछि च्यासलले सुनौलो अवसर गुमायो । सुनिल खड्काले एक जना डिफेन्डरलाई बिट गरेपनि वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् । डिबक्स भित्रबाट हानेको उनको प्रहार एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले बचाए । लगत्तै २५ औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले डिबक्स भित्रबाट हानेको सशक्त प्रहार अमृतले पञ्च गर्दै बाहिर पठाए ।

दोस्रो हाफको ९ मिनेटपछि एपीएफका राजिव लोप्चानले च्यासलका गोलककिपर एलान न्यौपानेलाई कटाउन सकेनन् । युवराज खड्काको क्रसमा राजिवले ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडरलाई एलनले पञ्च आउट गरेका थिए ।

पुर्ण बहादुर गुरुङले ७३ औं मिनेटमा दायां बाट गरेको क्रसमा च्यासलका कप्तान सन्तोष साहुखल गोल गर्न चुके । सुसन लामाले ७८ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।

तस्विर सौजन्यः एन्फा

Click to comment

Trending