Headline

इरानकी एक मात्र महिला ओलम्पिक मेडलिस्टले देश नै छोडिन्

Published

on

किमिया अलिजादे, इरानकी एक मात्र महिला ओलम्पिक मेडलिस्टनले आफूले देश छोडेको बताएकी छिन् ।

२१ बर्षीया अलिजादेले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू “देखावटी, झुठो र अन्यायको अङ्ग हुन नसक्ने ” भन्दै इरान छोडको बताएकी हुन् । इरानले दबाएर राखेका लाखौं महिला मध्ये आफू पनि एक भएको बताएकी छिन् ।

अलिजादेले आफू कहा रहेको बताएकी छैनन भने केही समय अघि उनी नेदरल्याण्ड्समा प्रशिक्षण गरिरहेको रिपोर्टहरु बाहिर आएको थियो । सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिक्समा तेक्वान्दोमा कास्य जित्दै उनले देशका लागि इतिहास कायम गरेकी थिइन् ।

तर उनले सामाजिक सञ्जालमा उनको सफलतालाई इरानियन अधिकारिहरुले प्रोपोगाण्डाको औजारको रुपमा प्रयोग गरिरहेको बताइन् । युक्रेनको एक प्लेनलाई गलतीले खसाल्न पुगेको स्विकार गरेसँगै इरानमा व्यापक बिरोध भइरहदा अलिजादेले इरान छोडेको समाचार बाहिर आएको हो ।

आफ्ना प्रख्यात सैन्य जनरल कासिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा मारेपछि इरान र अमेरिकाबीच पनि तनाव बढ्दै गइरहेको छ ।

‘पदाधिकारीहरुले मेरो बेइज्जत गरेका थिए’

“म इरानमा बर्षौ देखि दबिएर बस्नु परेको लाखौं महिलाहरु मध्ये एक हु । उनीहरुले जे भने मैले त्यही लगाए र जे भन्न लगाए त्यही भन्थे । उनीहरुको हरेक बाक्य मैले दोहो¥याएको छु । तर उनीहरुलाई हाम्रो केही मतलब नै छैन, हामी त उनीहरुको लागि औजार मात्र हौं,” अलिजादेले भनिन् ।

इरानी सरकारले उनको सफलताको राजनैतिक फाइदा उठाइरहेको र पदाधिकारीहरुले भने महिलाहरुले “खुट्टा फैलाउनु नैतिक रुपमा राम्रो होइन” भन्दै बेइज्जत गर्ने गरेको अलिजादे बताउछिन् ।

अलिजादेले आफूलाई यरोप बोलाइएको वा अन्य कुनै लोभलाग्दो प्रस्ताव नआएको बताउदै आफू कुन देशमा रहेको बताएकी छैनन् । गत हप्ता उनी गायब भएको खबर आएपछि इरानी जनता स्तब्ध भएका थिए ।

बिहिबार इरानको अद्र्ध–सरकारी समाचार एजेन्सी इस्नाले लेखेको थियोः “इरानी तेक्वान्दोका लागि झड्का । किमिया अलिजादे नेदरल्याण्ड्स बसाई सराइ गरेकी छिन् ।”

Click to comment

Trending