Headline

एट्लेटिकोलाई हराउदै रियललाई स्पेनिस सुपर कप

Published

on

सर्जियो रामोसले निर्णायक स्पट किकमा गोल गरेपछि रिउल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । रियलले फाइनलमा एट्लेटिको म्याड्रिडलाई टाई ब्रेकरमा ४–१ ले हरायो ।

आइतबार राति साउदी अरेबियाको राजधानी जेदाह एक सय २० मिनेटसम्म दुवै टोलीलले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । सल निगेज र थोमस पार्टेले एट््लेटिकोका लागि पेनाल्टी मिस गरेका थिए ।

अल्भारा मोराटालाई फल गरेपछि फेडेरिको भलभर्डेले रेड कार्ड खादा रियल खेलको अन्त्यतिर १० खेलाडीमा सिसिमत भएको थियो । सन् २०१७ पछि रियल म्याड्रिडले पहिलो पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।

Click to comment

Trending