Headline

युरोपको फाइनलपछि बिपरित दिशामा मोडिएका लिभरपुल र टोटेन्ह्याम

Published

on

स्पेनको राजधानी म्याड्रिडमा गत जुनको न्यानो रातमा लिभरपुल र टोटन्ह्याम हटस्परले युरोपियन फुटबलको सबैभन्दा ठूलो रँगमञ्च बाडेका थिए –– तर उत्तरी लण्डनमा जनवरीको चिसो रात उनीहरु बिल्कुल भिन्न बिश्व देखिए ।

योर्गन क्लोपको टोलीले वान्डा मेट्रोपोलिटान रंगशालामा च्याम्पियन्स ट्रफिको फाइनलमा टोटेन्ह्यामलाई २–० ले पराजित गर्दै छैटौं पटक उपाधि उचाल्यो । त्यसयता दुवै टोली बिपरित दिशातर्फ मोडिएका छन् । टोटेन्ह्याम हट्स्पर स्टेडियममा शनिबार राति लिभरपुलले १–० को जित रच्दै उपाधि तर्फ अर्को एक कदम बढाएको छ ।

अंक तालिकामा लिभरपुलसँग टोटेन्ह्यामको दुरी भने स्पर्स फ्यानहरुका लागि निकै नै पिडादायक देखिन्छ । रोबटों फिर्मिनोले गरेको पहिलो हाफको गोलपछि शिर्ष स्थानको लिभरपुल दोश्रोमा रहेको लेस्टरभन्दा १६ अंक अगाडी रहेको छ । जुनमा च्याम्पियन्स लिगको फाइनलमा भिडेको टोटेन्ह्याम अंक तालिकाको आठौं स्थानमा रहेको छ भने लिभरपुल यो सिजन अपराजित ।

लिभरपुल र टोटेन्ह्यामबीचको दुरी अहिले ३१ अंकमा पुगिसकेको छ । एकातर्फ च्याम्पियन्स लिगको उपाधिलाई लिभरपुलले सुनौलो भविष्य निर्माण गर्ने आधारको रुपमा लियो भने टोटेन्ह्याम त्यो फाइनलको पराजयबाट अगाडी बढ्न नै सकिरहेको छैन ।

घाइते स्ट्राइकर ह्यारि केनबिना मैदानमा उत्रेको टोटेन्ह्यामलाई सन हिउङ मिन र जियोभानी लो सेल्सो नचुकेको भए शायद एक अंक दिन सक्थे होलान् तर तितो सत्य के हो भने च्याम्पियन्स लिगको फाइनलमा खेलेको क्लबको तुलानामा लिभरपुल अहिले पूर्ण रुपमा छुट्टै स्तरमा खेलिरहेको छ ।

क्लोप अहिले ३० बर्षदेखिको इङ्गलिस प्रिमियर लिगको खडेरी तोड्दै लिभरपुललाई उपाधि दिलाउने एक लिजेण्ड म्यानेजरको रुपमा अघि बढीरहेका छन् । त्यस बिपरित स्पर्सले भने च्याम्पियन्स लिगको फाइनलसम्म डो¥याएक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ भने उसको जहाज होजे माउरिन्होको हातमा पुगिसकेको छ ।

पोचेटिनोले त्यही स्पर्स टोली सम्हाले जसका हरेक खेलाडी लामो समय सँगै खेले तर लिभरपुलले क्लोपको आगमनपछि दिल खोलेर खर्च ग¥यो । अक्टोबर, २०१५ मा ह्वाइट हार्ट लेनमा क्लोपले लिभरपुलसँग आफ्नो पहिलो खेल खेल्दाको शुरुवाती ११ अहिले छैन । डिभोक ओरिजी र एडम लल्लाना सब्स्टिच्युटको रुपमा आएका थिए ।

च्याम्पियन्स लिग फाइनललाई पोचेटिनोले सबैभन्दा माथिल्लो स्थानमा आफूलाई रहने मौकाको रुपमा हेरेका थिए । तर यो पुरा हुन नसकेपछि उनी असन्तुष्ट व्यवस्थापकको रुपमा क्लब छोड्न बाध्य भए । क्लोपले भने लिभरपुल र उसका समर्थकलाई सपनको यात्रामा लगिरहेका छन् । उनले लिभरपुलमा एलिसन, भर्जिल भान डाइक, मोहम्मद सलाह र सादियो मानेजस्ता गेम परिवर्तन गर्न सक्ने खेलाडीहरुलाई लिएर आए । तुलनात्मक रुपमा स्पर्स यस बिषयमा निकै पछी पर्न गयो ।

जनवरी, २०१८ मा जब क्लोपले मुख्य मानिएका फेलिपे काउटिन्होलाई बार्सिलोनामा एक सय ४२ मिलियन पाउण्डमा बेचे उनीमाथि ठूलै प्रश्न तेर्सिएको थियो । तर त्यही पैसामा उनले एलिसन र भान डाइकलाई भित्र्याए । जापानी ताकुमी मिनामिनो जस्ता खेलाडीलाई ल्याउदै उनले लिभरपुललाई शक्तिशाली बनाउन टोली बन्ने आकार दिइरहेका छन् तर माउरिन्हो र स्पर्सलाई भने अब पुननिर्माणमा लाग्नु पर्ने चुनौति छ ।

Click to comment

Trending