Headline

न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल: एपीएफलाई उपाधि

Published

on

तेश्रो न्युडायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । आईतवार भएको फाईनलमा एपीएफले न्युडायमण्डलाई ३–० को सोझो सेटमा हरायो ।

एपिएफले न्युडायमण्डमाथी २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो । ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाईनलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिभा मालीले समान २६-२६ अंकको योगदान दिएका थिए ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद २१ हजार १ सय १ रुपैया प्राप्त गरिन् । विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन् ।

पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन् । सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए । बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।

प्रतियोगिताको उपाधि विजेता एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपबिजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्यो । तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ ।

Click to comment

Trending