Headline

सेरेनालाई पछिल्लो तीन बर्षमा पहिलो उपाधि

Published

on

लामो समयको खडेरीलाई तोड्दै पुर्व बिश्व नम्बर एक टेनिस खेलाडी सेरेना विलियम्सले उपाधि जितेकी छिन् ।

सेरेनालो न्युजिल्याण्डमा सम्पन्न अकल्याण्ड क्लासिकको उपाधि जित्ने क्रममा जेसिका पेगुलालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरिन् । यो उपाधि सेरेना आमा बनेपछिको पनि पहिलो हो । २३ पटककी ग्राण्ड स्ल्याम बिजेता सेरेना सन् २०१७ को अष्ट्रेलियन ओपनको फाइनल जिते यता उपाधि बिहिन रहदै आएकी थिइन् ।

३८ बर्षीया सेरेनाको यो ७३ औं डब्लुटिए करिअर उपाधि हो । डब्लुटिए टुरमा आफ्नो चौथो दशकमा प्रवेश गरेकी सेरेना यसअघि २०१८ को विम्बल्डन र २०१९ को युएस ओपन फाइनलमा पराजित भएकी थिइन् । उनी गत बर्ष पनि रोजर्स कपको फाइनलमा घाइते हुदै खेल त्याग्न पुगेकी थिइन् ।

लामो समयपछि उपाधि जितेपछि सेरेनाले राहतको स्वास फेरेकी थिइन् । “मलाई एकदम राम्रो लागिरहेको छ । लामो समय भएको थियो मैले केही जितेको थिइन । तपाई मेरो अनुहारबाटै थाहा पाउन सक्नु हुन्छ यसको महत्वको बिषयमा,” सेरेनाले भनिन् ।

२० जनवरी देखि शुरु हुन गइरहेको अष्ट्रेलियन ओपनको उपाधि जित्दै सेरेना मार्गरेट कोर्टको २४ ग्राण्ड स्ल्याम उपाधिको बराबरी गर्ने दाउमा रहेकी छिन् ।

Click to comment

Trending