Headline

थ्रि स्टारलाई फ्रेण्ड्सको झड्का, सरस्वतीको पहिलो अंक

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा थ्रि स्टार क्लबले फ्रेण्ड्स क्लबबिरुद्ध अप्रत्याशित हार बेहोरेको छ ।

अंक तालिकाको दोश्रो स्थानमा चढ्ने मौका गुमाउने क्रममा थ्रि स्टारले दशरथ रँगशालामा फ्रेण्ड्सबिरुद्ध १–० को पराजय बेहोर्न पुग्यो । अंक तालिकाको माथिल्लो हाफमा निकै तिब्र प्रतिस्पर्धा रहेको स्थितिमा थ्रि स्टारलाई यो पराजय महँगो साबित हुन सक्छ ।

चौथो स्थानमा रहेको थ्रि स्टारको ६ खेलबाट १० अंक रहेको छ भने पहिलो स्थानमा रहेको मच्छिन्द्रको उति नै खेलबाट १३ अंक भएको छ । यस्तै दोश्रो स्थानको त्रिभुवन आर्मी क्लबको पाँच खेलबाट १२ र मनाङ्ग मस्र्याङ्गदी क्लबको पनि ६ खेलबाट १२ अंक रहेको छ ।

शनिबार मच्छिन्द्रको हातबाट लिगकै पहिलो पराजय बेहोरेको जावालाखेल युथ क्लबको ९ र नेपाल पुलिस क्लबको पाँच खेलबाट ८ अंक रहेको छ । फ्रेण्ड्स भने जितपछि ६ खेलबाट पाँच अंक सहित ११ औं स्थानमा उक्लेको छ ।

आइतबारको खेलमा फ्रेण्ड्सका लागि वाग्नर डि कार्मोले १३ औं मिनेटमा नै गोल गरेका थिए । दोश्रो हाफमा भने दुवै तर्फबाट उत्तिकै प्रयास भएपनि गोल हुन भने सकेन ।

दिनको दोश्रो खेलमा भने सरस्वती युथ क्लबले ब्रिगेड बोइज क्लबसँग गोलरहित बराबरी खेलेको छ । लगातार पाँच खेलमा पराजय बेहोरेको सरस्वतीको लिगमा यो पहिलो अंक हो । सरस्वती अंक तालिकाको पुछारमा रहेको छ । ६ खेलमा ७ अंक बटुलेको ब्रिगेड भने आठौं स्थानमा रहेको छ ।

Click to comment

Trending