Headline

मिलानको जितमा इब्राहिमोभिचको गोल

Published

on

स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले सात बर्षपछि ए सि मिलानका लागि गोल गरेका छन् ।

सन् २०१०–२०१२ को सिजनपछि फेरि मिलान फर्किएका इब्राहिमोभिचले इटालियन सिरि आ मा शनिबार राति भएको खेलमा काग्लिआरी बिरुद्ध गोल गरेका हुन् । खेलमा मिलान २–० ले बिजयी भयो ।

यही सिजन इब्राहिमोभिच मेजर लिग सकरमा एलए ग्यालेक्सीसँग अनुबन्धन सक्काएपछि मिलान फर्किएका हुन् । गोल गरेपछि आफू जिउदै रहेको अनुभुति इब्राहिमोभिचले गरेका छन् । अवे खेलमा खासै ठूलो खुशीयाली नमनाएका इब्राहिमोभिचले सान सिरोमा भने मज्जाले सफलताको आनन्द लिने बताए ।

“म सान सिरोमा भगवानले जसरी गोलको खुशियाली मनाउनेछु तर यहा होइन,” इब्राहिमोभिचले भने । “महत्वपूर्ण कुरा भनेको मलाइ निकै राम्रो लागिरहेको छ । म शुरुवातमा केही बलहरुमा चुके तर राम्रो स्वरुपमा आउनका लागि मैले धेरै खेल्नुपर्नेछ ।”

शनिबारको खेलमा रफाएल लिआवोले मिलानलाई अग्रता दिलाएका थिए । लेफ्ट फुटेड प्रहारबाट गोल गरेका इब्राहिमोभिचको अर्को गोल अफसाइड दिइएको थियो । इब्राहिमोभिचले मिलानका लागि आफ्नो पहिलो तीन सिजनमा ६१ खेलबाट ४२ गोल गरेका थिए ।

युभेन्टस र इन्टर मिलानका लागि पनि खेलिसकेका इब्राहिमोभिचको शनिबारको ५७ ओं मिनेटको गोल इटालियन टप फ्लाइटमा उनको एक सय २३ औं हो । डिसेम्बरको शुरुवातपछि सिरी आ मा पहिलो जित दर्ता गरेको मिलान लिगमा १९ खेलबाट २५ अंक सहित आठौं स्थानमा रहेको छ ।

Click to comment

Trending