Trending

एपीएफ र न्यु डायमन्ड फाइनलमा

Published

on

साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा न्यु डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्दै लगातार तेस्रो संस्करणको फाइनलमा भिडन्त पक्का गरेको हो । यि दुई टोलीले अघिल्लो दुवै संस्करणमा पनि फाइनल खेल खेलेका थिए । जसमा पहिलो संस्करणमा न्यु डायमन्ड तथा दोस्रो संस्करणमा एपीएफ च्याम्पियन बनेको थियो ।

दिनको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एपीएफले पुलिसमाथि २५–१४, २५–१८ र २५–१७ को जित निकाल्यो । शनिबारै भएको दोस्रो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि जित निकाल्दै फाइनलमा एपीएफसँगको भेट पक्का ग¥यो । डायमन्ड २५–१७, २५–१६ र २५–११ ले विजयी भयो ।

फाइनल आइतबार दिउँसो १ः३० बजे हुनेछ । त्यसअघि आइतबारै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच बिहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।

Click to comment

Trending