Headline

फाइनलमा चुके प्रिन्स, भारतको व्याडमिन्टनमा क्लिन स्विप

Published

on

उदाउदा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सेरिजको फाइनलमा चुकेका छन् ।

पुरुष एकल तर्फको फाइनलमा प्रिन्स भारतका जुनियर नम्बर एक तथा बिश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका मिरबा लुवाङ्गसँग २१–१६, २१–२३, २१–१५ ले पराजित भए । मिरबा भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर ईन्टरनेशनलका समेत बिजेता हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा पाँचै विधाको स्वर्ण भारतले जित्दै प्रतियोगिता क्लिन स्विप ग¥यो । महिला एकल तर्फ भारतकी तस्निम मिरले उपाधी उचालिन् । मिरले मलेसियाकी करुपथेभन लेत्शानालाई २१–१७, २१–१४ ले पराजित गरिन् ।

यस्तै पुरुष युगलतर्फ आर. बिकास प्रभु र अरुण कार्तिकको जोडीले नेपालका प्रिन्स दाहाल र पेम्बा शेर्पाको जोडीलाई १९–२१, २१–१३, २१–१६ ले पराजित गर्दै उपाधि उचाले । महिला युगल तर्फ ननधा के. र सानिया सिकन्दरको जोडीले नेपालका बिष्णा बिष्ट र प्रश्ना खत्रीको जोडीलाई २१–६, २१–६ को समान अन्तरमा पराजित गर्दै स्वर्ण हात पारे ।

यसैगरि मिक्सड डबल्स तर्फ भारतका मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले भारतकै आयन रशिद र तस्मिन मिरको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै उपाधी हात पारे ।

Click to comment

Trending