Headline

शेर्पाले मनाङलाई बराबरीमा रोक्यो

Published

on

हिमालयन शेर्पा क्लब सँग बराबरीमा रोकिएपछि मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगको अग्रस्थानमा रहने मौका गुमाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले कमजोर खेल प्रदर्शन गर्यो । १० खेलाडीमा सिमित भएको मनाङले आपूm भन्दा कमजोर मनिएको हिमालयन शेर्पासँग गोलरहित बाराबरी खेलेको हो । बराबर १२ अंक भएपनि त्रिभुवन आर्मी क्लबलाई मनाङले हेड टु हेडमा पछि पार्दै दोश्रो स्थानमा उक्लेको छ । मच्छिन्द्र क्लब भने जावलाखेललाई हराउदै अग्रस्थानमा रहेको छ।

खेलमा मनाङले पहिलो हाफमा गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकेन । २५ औं मिनेटमा विमल रानाले मैदानको बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि जोसुवाको वान टच प्रहारलाई शेर्पाका कप्तान मानबहादुर तामाङले क्लियर गरे । फेमिले विपक्षी गोलकिपर विट भैसकेको अवस्थामा प्रहार गर्न पनि सफल हुन सकेनन् । शेर्पाले भने मनाङको पोष्टमा खासै आकमर्ण गर्न सकेन ।

५०औं मिनेटमा शेर्पाले गोल गर्ने सुन्दर मौका गुमायो । त्रिदेव गुरुङको क्रसमा अलरिच सिवेको हेडर गोलरक्षक दिप कार्कीले टप कर्नरमा सहजै बचाए । ५६ औं मिनेटमा विनोद गुरुङको प्रहार मनाङका गोलरक्षक दिपले मुस्किलले बचाए । ७० औंं मिनेटमा मनाङका अन्जन बिष्टको पासमा सुशील लामाको प्रहार गोलरक्षक किशोर गिरीले बचाए । लगत्तै रिवाउन्डमा लुइस भिडालको प्रहारलाई पनि विफल पारिदिए ।

लगत्तै लुइसकै प्रहारलाई गोलरक्षक किशोरले बचाए । ७३ औं मिनेटमा मनाङ १० खेलाडीमा समेटियो । स्टेफेन समिरलाई फल गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले सुरज विकलाई सिधै रातो कार्ड देखाएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो ।

८२ औं मिनेटमा विमलको प्रहार गोलरक्षक किशोर जोगाए । ८७ औं मिनेटमा शेर्पाका सुरज हमालको प्रहार फितलो बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विमल वान भर्सेस वानमा चुक्दा मनाङले अग्रता लिनबाट चुक्यो । लगत्तै शेर्पाका सुरज हमालले गोल गर्न सकेनन् । शेर्पाको ६ खेलमा ४ अंक पुगेको छ ।

Click to comment

Trending