Headline

मच्छिन्द्र शिर्ष स्थानमा उक्लियो

Published

on

शहीद स्मरक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लने क्रममा मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा पाँचौ चरणसम्म अपराजित रहेको जावलाखेललाई छैँठौ चरण शुरु हुँदा भने मच्छिन्द्रले हरायो । मच्छिन्द्रको जितमा एक मात्र गोल बिशाल राइले गरेका थिए । खेलमा अन्य थुप्रै आक्रमक मुभहरु बने पनि अरु गोल भने हुन सकेन ।

१५ औं मिनेटमा मछिन्द्रका रन्जित धिमालको फ्रिकिक बाहिरियो । जावलाखेलका लागि २४ औं मिनेटमा हरि कठायतको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोके । ३१ औं मिनेटमा भने बिशालले निर्णयक गोल गरेका थिए । पेनाल्टी एरियाको ठ्याक्कै बाहिरबाट बिशाले सुन्दर भलि प्रहार गर्दै गोल गरेका थिए ।

४० औं मिनेटमा रेजिन सुब्बाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । ४३ औं मिनेटमा रेजिनले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए।

दोस्रो हाफमा भने दुबै टिमले एक अर्कालाई पालै पालो दवाबमा राखेका थिए । ५० औं मिनेटमा जावलाखेलले बराबरीको सुन्दर मौका खेर फाल्यो । फोडे फोफानाको ओभरहेड किक पोस्टबाट थोरै बाहिरियो ।

८३ औं मिनेटमा कुबेर विष्टले बराबरीको सुन्दर मौका खेर फालेका थिए । उनले बक्सभित्र मौका पाएपनि गोलरक्षक विशालले नियन्त्रणमा लिए । ८८ औं मिनेटमा अभिषेक रिजालको कर्नरमा सुजल श्रेष्ठको हेडर पोस्ट नजिकबाट बाहिरिदा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो ।

Click to comment

Trending