Headline

४५ वर्षको उमेर सम्म क्रिकेट खेल्छु : क्रिस गेल 

Published

on

युनिभर्सल बोसको उपनामले परिचित क्रिस गेलले आफु ४५ वर्ष हुँदा सम्म व्यवसायिक क्रिकेट खेल्ने धारण ब्यक्त गरेका छन् ।
वेस्ट इण्डिजका दायाँ हाते बिष्फोटक ब्याट्सम्यान गेलले आफु ४० वर्षको उमेरमा पनि अझै जवान भएको अनुभुती भएको र अझै पाँच वर्ष क्रिकेट खेल्ने बताएका हुन् ।
गेलले गत वर्ष इंग्ल्यान्ड र वेल्समा सम्पन्न भएको एकदिवसीय विश्वकप पछि सन्यास लिने घोसणा गरेका थिए । तर उनले आफ्नो सन्यास फिर्ता गर्दै भारत बिरुद्ध अगस्टमा सम्पन्न एकदिवसीय खेल पनि खेलेका थिए ।
‘मलाई समय बित्दै जाँदा म अझै जवान भएको जस्तो लाग्छ । म अझै पाँच वर्ष क्रिकेट खेल्न सक्छु । म अझै वेस्ट इण्डिजको लागि क्रिकेट खेल्न चाहान्छु र अस्ट्रेलियामा हुने विश्वकपमा पनि छनोटको लागि खुल्ला छु,’ गेलले भने ।  ‘४५ राम्रो नम्बर हो । अहिलेको लागि ४५ नै लक्ष्य राखौं । यो नम्बर ठिक हुन्छ ।’
‘अझै पनि धेरै क्रिकेट समर्थक क्रिस गेललाई क्रिजमा देख्ने चाहाना राख्छन । मेरो ब्याटबाट निक्लेको चौका छक्का हेर्न  चाहन्छन् । मलाई पनि क्रिकेट प्रति अझै पनि उस्तै माया र लगाव छ ।’
बंगलादेशमा जारी घरेलु ट्वान्टी ट्वान्टी लिगमा ब्यस्त रहेका गेलले आफु नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टीलाई पनि उपलब्ध रहेको जानकारी दिए । गेलले वेस्ट इण्डिजले सन् २०१६ मा भारतमा सम्पन्न निकै नै रोमान्चक ट्वान्टी ट्वान्टी विश्वकप फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि चुमेको र अस्ट्रेलियामा पनि उपाधि माथि कब्जा जमाउने धारणा राखे ।
‘म अझै पनि छनोटको लागि खुला छु । हेरम के हुन्छ । मैले यो कुरा खुल्ला राखेको छु र बोर्ड तथा टोलीको धारणाको प्रतिक्ष्यामा छु । यदि उनीहरु युनिभार्शल बोसलाई हेर्ने इच्छा राख्छन भने टोलीमा समावेस गर्नेछन् ।’

Click to comment

Trending