Headline

सुभाषको पुनरागम, लोकेश बम पहिलो पटक राष्ट्रिय टोलीमा 

Published

on

विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित नेपालमा आयोजना हुने एकदिवसीय शृंखलाका लागि बन्द प्रशिक्षणका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि आज निकालेको नामहरुमा युवा खेलाडीको बाहुल्यता रहेको छ भने लामो समय पछि विकेट किपर ब्याट्सम्यान सुभाष खकुरेलले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । त्यस्तै तीन बर्ष अघि विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपालमा आयोजना भएको केन्या बिरुद्धको खेलमा ओपनिङ गरेका सुनिल धमलाले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
आज सार्वजनिक गरेको २४ सदस्य टोलीमा कुशल मल्ल, कमल सिंह एरि, किशोर महतो, सुमित महर्जन, लोकेश बम जस्ता युवा खेलाडीलाई समावेस गरिएको छ ।
नेपाली टोली 
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिँह ऐरि
पारस खड्का
करण केसी
सन्दिप लामिछाने
सोमपाल कामी
बिनोद भण्डारी
अविनाश बोहोरा
सुशन भारी श्रेष्ठ
कुशल भुर्तेल
सन्दिप जोरा
आरिफ शेख
पवन शर्राफ
ललित नारायण राजबंशी
कमल सिंह एरि
रोहित कुमार पौडेल
शरद भेषावाकर
सुभाष खकुरेल
कुशल मल्ल
किशोर महतो
सुमित महर्जन
लोकेश बम
बसन्त रेग्मी
सुनिल धमला

Click to comment

Trending