Headline

दिपेन्द्र ब्याट र बल दुबैमा चम्किए पछि पुलिस सेमीमा 

Published

on

दिपेन्द्र सिंह ऐरी बल र ब्याट दुबैबाट चम्किए पछि मनमोहन मेमोरियल कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली पुलिस क्लबले प्रदेश नं. २ लाई ४६ रनले पराजित गरेको छ ।
यससँगै दुई खेलमा दुई जीत हात पार्दै पुलिस क्लब चार अंक सहित सेमीमा प्रवेस पाएको हो । यस अघि आफ्नो पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
पुलिसको जीतमा खेलको म्यान अफ द म्याच घोषित दिपेन्द्रले ब्यटिङमा अर्धशतक प्रहार गरे भने बलिङ तर्फ तीन विकेट हात पारे । तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्रले ६४ बलमा पाँच चौका र दुई छक्काको मद्धतमा ५० रन बनाए भने बलिङमा सात ओभर बलिङ गर्दै दुई मेडन सहित २० रन खर्चिएर तीन विकेट हात पारे ।
ढिला गरेर शुरु भएर ४९ प्रति टोली खेलाइएको खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको पुलिसले ४८ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर १८३ रनको झिनो योगफल तयार पार्यो ।
एक पछि अर्को विकेट गुमाएको पुलिसको लागि दिपेन्द्रको अर्धशतक बाहेक अमित श्रेष्ठले ३७, अनिल कुमार साहले १९ र रशिद खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसलाई सस्तैमा समेट्ने क्रममा कुमार थापाले सर्वाधिक पाँच विकेट लिए भने आरपी सिंह र विबेक यादवले समान २-२ विकेट हात पारे ।
जवाफी ब्याटिंग गरेको प्रदेश २ ले ४२ दशमलब दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १३७ रन बनाए । १८४ रनको लक्ष्य लिएर ब्याटिंङमा ओर्लिएको प्रदेश २ का लागि विशाल शुस्लिङले ११२ बल खेल्दै ८० बनाए भने अन्य ब्याट्सम्यानले योगदान दिन नसक्द हारको सामना गर्न पुग्यो ।
पुलिसको जीतमा दिपेन्द्र र ललितले समान ३-३ विकेट हात पारे भने पवन सर्राफले पनि आफ्नो नाममा ड़ुई विकेट दर्ता गराए ।

Click to comment

Trending