Headline

एनबिएल थ्रि बाई थ्रि वेष्टलाई लिनिङ्गको प्रायोजन

Published

on

नेपाल बास्केटबल लिगले पौष २९ गतेदेखि शुरु हुन गइरहेको नेपाल बास्केटबल लिग (एनबिएल) थ्रि बाई थ्रि वेष्टका लागि ख्यातिप्राप्त खेलकुद सामाग्री निर्माण कम्पनी लिनिङ्गलाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ ।

शुक्रबार एक कार्यक्रम मार्फत एनबिएल प्राइभेट लिमिटेडले लिनिङ्ग नेपालसँग एनबिएल थ्रि बाई थ्रि वेष्टको लागि सम्झौता गरेको हो । सम्झौता पत्रमा लिनिङ्ग नेपालका कन्ट्री हेड राजेन महर्जन र एनबिएल प्राइभेट लिमिटेडका अध्यक्ष नमित बहादुर थापाले हस्ताक्षर गरेका थिए ।

लिनिङ्गले सम्झौता बापत एनबिएललाई पाँच लाख नगद र उति नै रकम बराबरको बास्केटबल सामग्रि प्रदान गर्नेछ । प्रतियोगिताको नाम लिनिङ्ग थ्रि बाई थ्रि वेष्ट रहनेछ ।

थापाले लिनिङ्गसँगको सम्झौताले प्रतियोगितामा प्रायोजक पाउनु राम्रो कुरा भएको बताए । हामीले यसअघि एनबिएल थ्रि बाई थ्रि इस्टको आयोजना गर्दा चारैतर्फ बाट निकै राम्रो प्रतिक्रिया पाएको थियौं । वेष्टमा पनि त्यही अनुसारको प्रतिक्रिया आएको छ । लिनिङ्गको सम्झौताले हामीलाई यो प्रतियोगितालाई अझ व्यवस्थित रुपले अघि बढाउन सहयोग पु¥याएको छ, थापाले भने ।

एनबिएल थ्रि बाई थ्रि वेष्ट पश्चिमका तीन शहर पोखरा, बुटवल र धनगढीमा हुनेछ । कम्तिमा पनि २० टोलीको सहभागिता रहने पोखरा लेग पौष २९ र ३० गते हुनेछ । बुटवल लेग माघ ४ गते हुनेछ र १४ टोलीको सहभागिता रहनेछ ।

यस्तै धनगढीमा हुने प्रतियोगिता माघ ६ गते हुनेछ । तीन वटै लेगमा फाइनल प्रवेश गर्ने टोली धनगढीमै हुने एनबिएल वेष्टको फाइनलमा माघ ८ र ९ गते भिड्नेछन् । उपाधि बिजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले लिनिङ्गको जुत्ता पनि पाउनेछन् ।

लिनिङ्गका महर्जनले थ्रि बाई थ्रि वेष्टलाई प्रायोजन गर्नुपछाडी कारण रहेको बताए । नेपाल बास्केटबल लिगले गर्दै आएको यो प्रतियोगिताले नेपाली बास्केटबलको प्रबद्र्धनमा निकै राम्रो काम गरिरहेको छ । प्रतियोगिता नेपालका पश्चिम भागमा लिएर जादा त्यो स्थानका खेलाडीहरुले राम्रो एक्सपोजर पनि पाउनेछन् भने लिनिङ्गले पनि ती स्थानहरुमा बजार स्थापित गर्न सक्छ, महर्जनले भने ।

एनबिएलले यसअघि थ्रि बाई थ्रि इस्ट पनि गरेको थियो । थ्रि बाई थ्रि इस्ट पुर्व बिराटनगर, धरान र बिर्तामोडमा भएको थियो । एनबिएलले देशको एकमात्र होम एण्ड अवे नेपाल बास्केटबल लिगको दुई संस्करणको आयोजना गरिसकेको छ भने महिला बास्केटबल लिगको पहिलो संस्करणको पनि यसै बर्ष देखि शुरु गरेको थियो ।

Click to comment

Trending